८८ बोत्तल Wincirex लागु औषध सहित दुई जना पक्राउ ।

बिरगंज , जेष्ठ ११ गते मंगलवार ।

जिल्ला प्रहरी कार्यालय पर्साले लागू औंषध सहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार अपराह्न ५ बजे जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा न.१७ अलौस्थित खाली जमीनमा लागुऔषध लुकाइराखिएको छ, भन्ने सूचनाको अाधारमा प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले खानतलासी गर्दा खाल्डो खनी स्याउलाले छोपेको अवस्थामा ८८ बोत्तल नयाँ र खाली ५ बोत्तल wincirex फेला परेको र सो सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उक्त ला.औ.वी.म.न.पा.वडा नं.१७ बस्ने बर्ष ३५ को अमरुल्लाह अन्सारी र सोहि स्थान बस्ने बर्ष ४० की सकुन नेशा पवरियले भारतको रक्सौलबाट बिक्रीवितरण गर्ने उदेश्यले ल्याई लुकाएको खुल्न आएकोले निजहरु दुबै जनालाई निजहरुकै घरबाट हिजै नियन्त्रणमा लिई आज ला.औ.मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनु भयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close