
बिरगंज , जेष्ठ २० गते बिहीबार ।
पर्सा प्रहरीले ३०० कार्टुन कस्तुरी रक्सी सहित ट्याक्टर नियन्त्रणमा लिएको छ । जिल्ला पर्सा छिपहरमाई गा.पा.वडा नं.२ भिष्वा बञ्जारीबाट अवैधरूपमा कस्तुरी रक्सी भारततर्फ लगिरहेको भन्ने सूचना प्राप्त भएपछी जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटी गएको टोलीले प्रदेश २-०३-००१ थ ०००१ नम्बरको ट्याक्टर उल्लेखित स्थानको दशगजा क्षेत्रमा रोक्ने क्रममा चालक तत्काल फरार भएको, उक्त ट्याक्टरको तलासी लिंदा ट्याक्टरमा कस्तुरी लेखिएको मदिरा ३०० कार्टुन फेला परेको हुँदा सो ट्याक्टरलाई मदिरा सहित नियन्त्रणमा लिई रु.१०,६०,०००।– ( दश लाख साठ्ठी हजार ) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनु भयो ।
साथै पर्सा प्रहरीले उल्लेखित ट्याक्टरको धनी तथा चालकको तदारूकताका साथ खोजतलास गरिरहेको समेत जानकारी गराएको थियो ।




