
बिरगंज , साउन २९ गते शुक्रबार ।
पर्सा जिल्ला तेक्वान्दो कार्य समितिको बार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य गुरु प्रसाद गौतमको उपस्थितिमा र पर्सा जिल्ला तेक्वान्दो कार्य समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठको अध्यक्षतामा भएको बार्षिक साधारण सभाले पुन दोस्रो पटक अध्यक्ष पदमा गणेश बहादुर श्रेष्ठलाई सर्वसहमतिले चयन गरेको प्रमुख निर्वाचन अधिकृत दशरत राउत कुर्मीले जानकारी गराउनु भयो ।
गणेश बहादुर श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति सर्वसहमतीले चयन गरेको छ ।उपाध्यक्षमा क्रमस बिरेन्द्र बहादुर कुर्मी क्षेत्री र रमेश नारायण श्रेष्ठ , सचिबमा कुमार मानन्धर , सहसचिवमा देवलाल ठाकुर , कोषाध्यक्षमा अनिल कुमार गुप्ता , सदस्यमा जय नरेश सिंह , अरबिन्द साह कानु , हरिनारायण पटेल , रोशनी श्रेष्ठ , नवलकिशोर साह , राजेन्द्र खड्कि , राजु साह तुराहा , मन्सुर महमद मिया र अरुण झा चयन भएका छन ।
आज शुक्रबार बिरगंजको होटेल रोयल पार्टी प्यालेशमा पर्सा जिल्ला तेक्वान्दो कार्य समितिको साधारण सभामा दशरत राउत कुर्मीको सन्योजकमा ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन अधिकृतमा बिरगंज जेसिशका अध्यक्ष रन्जन राउत र उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर अध्यक्ष अजित कुमार भुजेललाई चयन गरेको थियो ।
निर्वाचन अधिकृत रन्जन राउतले नवनिर्वाचित कार्य समितिका सम्पुर्ण पदाधिकारीहरुलाइ सफल कार्यकालको बधाई तथा सुभ कामना समेत दिनु भएको थियो ।सो कार्यक्रममा केन्द्रिय सदस्य गुरु प्रसाद गौतम , सल्लाहकार निशान्त लामिछाने , तेक्वान्दो गुरु बिजय शाह ठकुरी , सकिल अहमद , नाजिर हुसेन , अजित कुमार भुजेल , रन्जन राउत , दशरत राउत कुर्मी लगायत गुरुहरु र खेलाडीहरुको उपस्थिति रहेको थियो ।
नवनिर्वाचित अध्यक्ष गणेश बहादुर श्रेष्ठले सर्व सहमतबाट चयन भएकोमा सर्वप्रथम सम्पुर्ण कार्य समिति लगायत खेलाडी र उपस्थित सम्पुर्ण गुरुहरुलाई धन्यवाद दिनु भएको थियो ।मेरो कार्यकालमा सबैलाई समेटेर लैजाने र पर्सामा तेक्वान्दो डोजाङ्ग हल बनाउने समेत प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।




