
अजित कुमार भुजेल
बिरगंज , भदौ १४ गते सोमबार ।
पर्सा जिल्ला तेक्वान्दो कार्य समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बिरगंजको होटेल रोयल पार्टी प्यालेसमा नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र दिनुको साथै गोपनियताको सपथ ग्रहण गराईएको थियो ।
पर्सा जिल्ला तेक्वान्दो कार्य समितिको यहि साउन २९ गते बसेको बार्षिक साधारण सभाको बैठकले गणेशमान श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मतबाट चयन गरेको थियो ।
प्रमुख अतिथि पर्सा जिल्ला तेक्वान्दो कार्यसमितिका सस्थापक अध्यक्ष एवं प्रदेश न.२ का उर्जा तथा खानेपानी बिकास मन्त्री ओमप्रकाश शर्माले आफू पनि तेक्वान्दोको सस्थापक अध्यक्ष र सस्थापक खेलाडी समेत रहेकोले तेक्वान्दोको बिकासको लागि र ईन्टरनेशनल खेल गराउन आफू तयार रहेको समेत बताए । म पहिला खेलाडी अनिमात्र पछी मन्त्री भएको बताए ।
गणेशमान श्रेष्ठको अध्यक्षतामा भएको पदस्थापन कार्यक्रममा केन्द्रिय सदस्य गुरु प्रसाद गौतम , प्रमुख निर्वाचन अधिकृत दसरथ प्रसाद पटेल , प्रदेश महासचिव राजकुमार लामा , एथलेटिक्स सघका अध्यक्ष बिरेन्द्र पटेल , फोटो पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष पंकज श्रेष्ठ , वडा न. १० का वडा अध्यक्ष राम नगिना प्रसाद साह कानु , वडा सदस्य अरबिन्द साह ,!रेडियो बोडकास्टिङ्ग प्रदेश न.२ अध्यक्ष आरसि यादव , नेपाल पत्रकार महासघ प्रदेश न.२ का पुर्व सदस्य जगत राई , सामुदायिक आँखा अस्पतालका डा. नहेश सिंह धामी , विशाल फाउन्डेसनका अध्यक्ष रोशन कलवार , स्थानीय कलाकार सुनिल पन्डीत , उपभोक्ता हित संरक्षण मंच बिरगंज महानगर अध्यक्ष एवं निर्वाचन अधिकृत अजित भुजेल , भवानी हस्पिटलका प्रबन्ध निर्देशक राम श्रेष्ठ , व्यवस्थित बिरगंज अभियानका सन्योजक दिलिप राज कार्की लगायतकाको उपस्थिति रहेको
कार्यक्रम सन्चाल सघका सल्लाहकार निसान्त लामिछानेले गर्नु भएको थियो ।




