
बिरगंज , असार १४ गते सोमबार ।
पर्सा प्रहरीद्वारा भन्सार छ्ली ल्याएको कम्प्युटर पार्टसहरु बरामद गरेको छ । आज राति १२:१० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा स्थित ४० फिटे सडक खण्डमा ५/७ जना नामथर वतन यकिन नभएका मानिसहरुले भारतबाट भन्सार छली बोकी ल्याइरहेको कम्प्युटर पार्टसहरु- Dell core i5 CPU ४९ पिस र Seagate Company को Hard disk ७८ पिस जिल्ला प्रहरी कार्यालय पर्साबाट खटी गएको प्रहरी टोलीलाई देख्नासाथ छाडी फरार भएकोमा उल्लेखित कम्प्यूटरका पार्टसहरु वेवारिसे अवस्थामा फेला पारी बरामद गरी अन्दाजी मूल्य रू.१७,००,०००।-( सत्र लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस