वीउवासंघका अध्यक्ष गुप्ता द्वारा क्याफेको उद्घाटन

प्रणय कुमार साह

वीरगञ्ज,१६ असार ।
वीरगञ्जको माईस्थानमा आजबाट मुन लभ क्याफे संचालनमा आएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ताले एक कार्यक्रमका बीच क्याफे उद्घाटन गर्दै यसले सुस्ताएको व्यवसायिक वातावरण चलायमान गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । वहाँले यस क्याफेबाट बिभिन्न व्यक्तिहरु लाभान्वित हुने बताउनु भयो ।
करिब ५० लाखको लगानीमा क्याफे संचालनमा ल्याइएको संचालक शक्ति अग्रवालले बताउनुभयो ।

क्याफेमा सुलभ मूल्यमा गुणस्तरीय शुद्ध साकाहारी तथा मांसाहारी खाजा नास्ता उपलब्ध पाउनुका साथै बिभिन्न आइसक्रिमका आइटम तथा पेय पदार्थको पाईने संचालक अग्रवालले बताउनु भयो ।

शान्त तथा मनोरञ्जनात्मक वातावरणमा बसेर खाजा नास्ता खाने स्थान नहुँदा अन्यत्र बजारमा पुग्नु पर्ने बाध्यता हटाउने उद्येश्यले आफुहरु सबै सुबिधासहितको क्याफे संचालनमा ल्याएको अर्का संचालक अरविन्द सिंहले बताउनु भयो ।
उद्घाटन कार्यक्रममा विभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close