५७ किलो ९०० ग्राम लागुऔषध गाँजा र बोलेरो पिकअप गाडी सहित २ जना मानिस प्रहरी नियन्त्रणमा ।

मकवानपुर , असार २४ गते बिहीबार ।

मकवानपुर प्रहरीले लागु औंषध गाजा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।मकवानपुर जिल्ला प्रहरी चौकी रातोमाटेबाट प्र.स.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं १५ पिपल चौतरा पुर्व पश्चिम सडक खण्ड स्थित चितवन बाट बारा तर्फ जादै गरेको ना. ४ च १५०१५ नं. को बोलेरो पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीको पछाडीको भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको ५७ किलो ९०० ग्राम लागुऔषध गाँजा फेला परेको हुँदा उक्त गाडी चालक जिल्ला चितवन राप्ती न.पा. वडा नं.०६ बस्ने वर्ष २६ को संजय चौधरी र सोही गाडीमा सवार ऐ.ऐ. बस्ने वर्ष ४८ को लालजी साहलाई उक्त लागुऔषध गाँजा, बोलेरो पिकअप गाडी सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close