ठोरीमा गापा-३ बुद्धनगरमा आज बिहान चट्याङवाट २ वटा भैसीको ज्यान गयो  

ठोरीमा गापा-३ बुद्धनगरमा आज बिहान चट्याङवाट
२ वटा भैसीको ज्यान गयो

ठोरी १७ जेठ
ठोरी गाउँपालिका वडा नं ३ बुद्धनगरमा आज बिहान करिव ८ बजेको समयमा परेको चट्याङले गोपाल श्रेष्ठको २ वटा भैंसीको ज्यान गएको छ ।

बुद्धनगरको तल्लो टोलमा रहेको पिपलको बोट नजिकै बाँधेर राखिएको अवस्थामा चट्याङ पर्दा २ वटा भैंसीको ज्यान गएको वडा नं ३ का वडाध्यक्ष सुर्य बहादुर लामाले जानकारी दिएका छ्न्।

३ वटा भैंसी र यौटा राँगो रहेको श्रेष्ठको एकलाख भन्दा बढी क्षति पुगेको स्थानीय मणि घिमिरेले बताए। एकास्सी परेको चट्याङ गोठ नजिकै रहेको पिपलको बोटलाई लक्षित गरि परेको चट्याङले २ ओटा भैसीको ठाउँकोठाउँ मृत्यु भएको पीडित परिवारले जनाएको छ।

घटनाको हल्ला भएपछि घटना स्थलमा पुगेका सीमा प्रहरी कार्यालय ओडारका प्रहरीले वडाध्यक्ष लामा तथा स्थानीयहरुको रोहवरमा मुचुल्का उठाएको स्थानीय रुद्र खड्काले जानकारी दिएका छन् । पीडित परिवारलाई वडाध्यक्ष लामाले क्षतिपूर्तिको माग गर्दै वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा निवेदन दिन भनेका छ्न् भने क्षतिपूर्तिको लागि आफुले सक्दो सहयोग गर्ने समेत पीडित परिवारलाई वडाध्यक्ष लामाले आश्वासन दिएका छ्न्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close