
वीरगंज, पर्सा
पर्सा जिल्लामा सिके राउत का जनमत पार्टी बिरुद्ध वीरगंजमा पर्सा का इन्जिनियरहरू ले बिरोध प्रदर्शन गरेका छन।
खानेपानी तथा ढल व्यवस्थापन आयाेजना कार्यालय, जनकपुरका प्रमुख ई. राजेश कुशवाहामाथी भएकाे अमानवीय ब्यवहारकाे विरुद्धमा वीरगञ्जमा इन्जिनियरहरुले बिरोध प्रदर्शन प्रदर्शन गरेका छन।
पर्सा जिल्लाको विभिन्न गाउँपालिका, नगरपालिका का इन्जिनियरहरू ले वीरगञ्जकाे घण्टाघरमा जम्मा भई दाेषीलाई कारवाही गर, पिडितलाई न्याय देउ, सिके राउत मुर्दाबाद, सिके चाेर देश छाेड लगायतकाे नारा लगाउँदै नगर परिक्रमा गर्दै प्रदर्शन गरेका थिए ।
सो प्रदर्शन कार्यक्रम नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन पर्साका अध्यक्ष ईन्जिनियर लालबाबु चौरसिया को नेतृत्व मा भएको कार्यक्रममा प्रदेस संयोजक इनजिनियर मनोज दास , नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन पर्साका सह सचिव इनजिनियर बेद प्रकाश लगायत बिभिन्न गाउँ पालिका तथा नगरपालिका का इन्जिनियरहरू को उपस्थिति रहेको थियो।




