नारायणी अस्पतालका मेसु ठाकुरलाई उनकै कार्यकक्षमा घेराउ(भिडियो सहित)

अस्पतालको लापरबाहीले गर्दा बाराका बिक्रम चौधरीको मृत्यु , आफन्तद्वारा अस्पतालका मेसु सन्जय ठाकुरको कार्य कक्ष घेराउ ।

वीरगन्ज, भदौ २५ गते बिहीबार ।

उपचार नपाएर मृत्यु भएका बाराका युवा विक्रम चौधरीका आफन्त सहितका समाजिक अगुवाहरुले नारायाणी अस्पतालका मेसु संजय ठाकुरलाई उनकै कक्षमा घेराउ गरेका छन् ।

मृतक चौधरीका परिवारजनले अस्पतालको लापरवाहीका कारण विक्रम चौधरीको मृत्यु भएको आरोप लगाउँदै हिजो जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए । मृतक युवकको परिवारजनले घटनाको सत्य तथ्य छानविन माग गर्दै आएको छ ।

अस्पताल प्रशासनले घटनाको छानविन समिति गठन गरेको भएपनि हाल सम्म छानविन समितिले प्रतिवेदन अस्पताल प्रशासनलाई बुझाएको छैन् । मृतकका आफन्त, समाजिक अभियान्त तथा विभिन्न राजनितिक दलका नेताहरुले यथाशिघ्र प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै अस्पताल का मेसु डा. संजय ठाकुरको कार्यालय अगाडी प्रदर्शन गर्नु साथै दोषी डाक्टरहरुलाई कारवाहीको लागि जोडदार माग गरेको नेपाली काग्रेसका युवा नेता धिरज गुप्ताले बताए ।

बारा र पर्सा जिल्लाका समाजिक अगुवा तथा नेताहरुको टोलीले मेसुको कार्यकक्ष अगाडी नारावाजी समेत गरेका छन् । मृतक युवाको परिवार जनले न्याय पाउनु पर्ने भन्दै महाअधिवेशन प्रतिनिधि बाराका राजेश रौनियार,नेपाली काग्रेस पर्साका सचिव श्याम पटेल, जिपी फाउन्डेसन पर्साका सभापति मो.साहवुदिन अंसारी,बि.पि कोइराला युवा बिकाश मन्च का प्रदेश २ का मनोहर साह कानु,ने.बि.संघ पर्साका जिल्ला सदस्य राहुल गुप्ता,धिरज गुप्ता सहित १०० औं को संख्यामा नारायणी अस्पताल पुगेका टोलीले अस्पताल प्रशासन मुर्दावाद,लापरवाही बन्द गर लगायतको नारावाजी गर्दै अस्पताल प्रशासनको मुल गेटमा धर्ना दिएको धिरज गुप्ताले प्रहार डेलीलाई जानकारी गराएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close