बृन्दावनका मेयर पटेल गरे हर्साहामा स्वास्थ्य चौकीको उद्घाटन ।

मंसिर १९ गते, रौतहट

रौतहटको बृन्दावन नगरपालिका वडा नं- ६ हर्साहा टोलमा स्वास्थ्य चौकीको स्थापना भएको छ।

सोमबार एक कार्यक्रमका बीच सो टोलमा स्वास्थ्य चौकीको उद्घाटन गरिएसंगै स्वास्थ्य चौकी सन्चालनमा आएको छ।

अहिलेसम्म स्वास्थ्य चौकी न रहेको हुदा स्वास्थ्य चौकीको अभावमा स्थानीय हरुलाई औसधि उपचार गराउन समस्या हुँदै आएको अवस्था लाई मध्य नजर गर्दै बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले स्वास्थ्य चौकी स्थापना गरि सन्चालनमा ल्याएका छन।
मेयर कुर्मी स्वास्थ्य चौकी उद्घाटन गरे संगै आजैदेखि उक्त स्वास्थ्य चौकी सन्चालनमा आएको छ।

गाउँमा पहिलो पटक स्वास्थ्य चौकी स्थापना हुदा अब औसधि उपचार गर्न बाहिर जानू पर्ने बाध्यता हटेको र अब आफ्नै गाउँ ठाँउमा सर्व सुल्भ स्वास्थ्य सेवा पाउने भन्दै स्थानीय बासी निकै हर्सित भएका छन ।

यो भन्दा अघिको मेयर रामस्नेही यादवले पाँच वर्षमा गर्न न सकेको काम हालको मेयर बिनोद प्रसाद कुर्मीले निर्वाचित भएको आठ महिनामै नागरिकको स्वास्थ्य संग प्रत्येक्ष सरोकार राख्ने स्वास्थ्य चौकी स्थापना गरि इतिहासिक एवं सराहनीय काम गरेको भन्दै स्थानीय हरु मेयर कुर्मीको खुलेर प्रशंसा गर्न थालेका छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close