
नेशनल लघुवित वित्तीय संस्था लिमिटेडका मधेश प्रदेश प्रमुख दिलिप कुमार यादव र मालपोत कार्यालय पर्साको गेट देखी उतर तर्फको बाटोमा श्री कृष्ण लेखापढी सेवा केन्द्रको संचालक मुकेश साहको मिलोमतोमा मालपोत कार्यालय पर्सामा सेवाग्राही लाई ठगदै आएको समाचार प्राप्त भएको छ।
यही २०८१ सालको बैसाख महिना तिर नेशनल लघुवित वित्तीय संस्था लिमिटेडको मधेश प्रदेश शाखाको प्रमुख दिलिप कुमार यादव ले बिभिन्न लेखापढी फार्मबाट दृष्टिबन्धकको काम गर्ने दररेट मागि कम भन्दा कममा काम गर्ने लेखापढी फर्म लाई काम दिने आसवासन दिएतापनी पछि गएर कमिसनको लोभमा परेर श्री कृष्ण लेखापढी सेवा केन्द्रका संचालक मुकेश साह लाई नै दृष्टिबन्धक लिखत दिने गरेको समाचार स्रोतको दाबी रहेको छ।
नेशनल लघुवित वित्तीय संस्था लिमिटेडको करिब ४\५ वटा पर्सा जिल्लामा शाखा बिस्तार रहेको छ। ४\५ वटै साखाको हेरचाह गर्ने मधेश प्रदेशको कार्यालयको रुपमा बाराको जितपुर चोक देखी पश्चिम जाने पर्साको वीरगन्ज महानगरपालिका वडा नं ३२ चोर्नी स्थित टेडा चोकमा प्रदेश कार्यालय रहेको छ ।मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी पाएका दिलिप कुमार यादवले १
एउटा दृष्टिबन्धक बाट १०००\-देखी १५००\- रुपैयाको कमिसनको भरमा लेखनदास मुकेश साह लाई ४\५ वटै शाखाका मैनेजरहरु लाई आफनो मुठिमा राखी श्री कृष्ण लेखापढी सेवा केन्द्रका संचालक मुकेश साह निर नै दृष्टिबन्धक,फुकुवा पठाउने भनि दबाव दिइरहने गरेको त्यसै लघुवित वित्तीय संस्थाका एक कर्मचारीले नामनलेखने सर्तमा बताएका छन।
श्री कृष्ण लेखापढी सेवा केन्द्रले बैंकको दृष्टिबन्धकको सरकारी दस्तुर बाहेक लेखापढीको परिश्रमिक शुल्क रु २,५००\- दुई हजार पाँच सय रुपैया लिने ठाउँमा लेखापढी व्यवसायी मुकेश साह र लघुवित वित्तीय संस्था र बैंकहरु बिच भएका तयतैयनको आधारमा कमिसन दिनको निमित्त ३५००\-देखि लिएर ४,०००/- सम्म लिने गरेको तथा भु-सेवा वाप्त रु ६००\- छव सय रुपैया छुटै लिने गरेको एक सेवाग्राहीले नाम नलेखने सर्तमा बताए।सेवाग्राहीका अनुसार मेरो दृष्टिबन्धक मात्र जुन लेखापढी व्यवसायी संघको परिश्रमिक चार्ज रु २५०० \- हो म त्यतिकै दिनछु रु ३५००\- रुपैया दिएर काम गराउदिन भने तर पनि त्यही काम गराउनु पर्छ भनि लघुवित वित्तीय संस्थाका कर्मचारीले जिकिर गरे।