वीरगञ्जमा कोरोनाबाट ८० वर्षीय वृद्धको मृत्यु

वीरगञ्ज १५ भदौं । कोरोनाभाइरस सङ्क्रमणबाट वीरगञ्जमा एक ८० वर्षीय वृद्धले ज्यान गुमाएका छन् । कोरोना पुष्टि भइ अस्पताल भर्ना भएका वृद्धको सोमबार ३:२० मा मृत्यु भएको हो ।

ज्यान गुमाउँनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ बहुवारीका रामजी प्रसाद पासवान रहेका छन् श्वासप्रश्वासलगायत अन्य दिर्घ रोगबाट ग्रसित उनमा कोरोना पुष्टि भएपछि भदौं १३ गते नारायणी अस्पताल भर्ना गरिएको थियो ।

विगत दुई दिनदेखि आइसीयुमा उपचार गराइरहेका उनको आज दिउँसो श्वसन विफलताका कारण मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए । उनको शव अहिलेपनि अस्पतालमै रहेको डा. चौरसियाले बताए ।

योसँगै पर्सामा कोरोनाबाट ज्यान गुमाउँनेको संख्या ३७ पुगेको छ । जसमा एक जना बेवारिसेको पहिचान खुल्न सकेको छैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close