प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुकपेज ह्याक

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक ह्याक भएको छ। उनको प्रोफाइल पिक्चरमा युवतीको तस्बिर राखिएको छ।

मुख्यमन्त्री राउतको फेसबुक पेज आज बिहान ह्याक भएको हो। उनको फेसबुक पेजको कभरमा जंगल र प्रोफाइलमा युवतीको तस्बिर राखिएको छ।

मुख्यमन्त्री राउतका प्रेस संयोजक आतिश मिश्रले फेसबुक पेज ह्याक भएको बताए। यसबारे छानबिन भइरहेको उनको भनाइ छ।Nepal post daily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close