सरकारी मेडिकल स्टोरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु

बाँकेको नेपालगञ्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखा मेडिकल स्टोरको क्वार्टरमा निसासिएर चार जनाको ज्यान गएको छ । नेपालगञ्ज उपमहानगरपालिका-१० मा रहेको भेरी अस्पतालमा कार्यरत कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका कालिकोट खाँडाचक्र नगरपालिका-६ का २४ वर्षीय धनप्रसाद भट्टराईसहित चार जना स्टोरको क्वार्टरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
भट्टराईको सात जनाको परिवार सुतेको थियो । सुतेकै ठाउँमा चार जना मृत भेटिएसँगै अन्य तीन जना बेहोस रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बुधबार राति खाना खाएर सुतेका सातमध्ये चारजना मृत भेटिएका हुन् भने बेहोस रहेका तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

२३ वर्षीय धनप्रसाद भट्टराई, उनका तीन महिने छोरा इप्सन भट्टराई, ४५ वर्षीया आमा कोपिला भट्टराई र २१ वर्षीय बहिनी नन्दकली भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close