वीरगञ्ज नर्सिङ क्याम्पसमा नेविसंघ इकाईद्वारा दल दर्ता

वीरगञ्ज नर्सिङ क्याम्पसमा नेविसंघ इकाईद्वारा दल दर्ता

वीरगञ्ज नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी तीव्र रूपमा अघि बढिरहेको छ। आज निर्वाचन कार्यतालिका अनुसार दल तथा संस्था दर्ता प्रक्रिया हुने भएको छ। यसका लागि नेविसंघ इकाईद्वारा नेता कार्यकर्ता को उपस्थितमा क्याम्पस प्राङ्गणमा नारा जुलुस का साथ दलदर्ता भएको छ।

दल दर्ताका लागि वीरगञ्ज नर्सिङ क्याम्पस एकाइ अध्यक्ष सबिना नेतृत्वको टोली क्याम्पस पुगि दल दर्ता गराएका छन ।उक्त अवसरमा नेविसंघ पर्साका जिल्ला अध्यक्ष रमेश यादव, नेपाली कांग्रेस पर्साका महाधिवेशन प्रतिनिधि किरण सरकार, नेविसंघका पूर्व अध्यक्ष दिलीप राज कार्की, दिव्यन्सी श्रेष्ठ, जेसिका महतो, वाल्मीकि यादव,ने.वि.संघ ठा.रा.ब. का राजु गुप्ता लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

क्याम्पस परिसरमा नाराजुलुससहित सम्पन्न दल दर्ता कार्यक्रमले स्ववियु निर्वाचनतर्फको औपचारिक प्रक्रियालाई थप मजबुत बनाएको छ। चैत ५ गते हुन गइरहेको निर्वाचनका लागि विद्यार्थी संगठनहरू तयारीमा जुटिरहेका छन्, जसले प्रतिस्पर्धा रोचक हुने संकेत गर्छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close