
“हामी सबै नेपाली एक हौ छुवाछूत रहित देश बनाउ ”
लेखक :- ✍️ तारा थापा , नेपालगन्ज
“नेपाल ४ जात अनि ३६ वर्णको साझा फुलबारी “मानिस ठूलो दिलले हुन्छ जातले हुदैन ” के यि भनाइमै मात्र सिमित हुन्छ त? फुलबारी को हरेक फुलहरुको महत्त्व उतिकै हुन्छ ।त्यो फुलबारी लाई आकर्षक र दिब्य देखाउनुमा तर पनि किन तिनै फुलहरुको वर्गीकरण गरियो।कुनै फुललाइ तल्लो स्तर अनि कुनै फुललाई माथिल्लो स्तरको दर्जा किन दिइयो जबकी त्यो बगैंचा लाई शोभा दिनेमा सबै को उतिकै हात हुन्छ।
जाजरकोट रुकुम घट्ना सुन्दा म भावभित भए, मेरो नसा नसामा बग्ने रगतहरु तातिए, अनि कताकता घृणा पनि ।म जाजरकोट मै जन्मिएको हुर्किएको जाजरकोट कै चेली, हुन त गुणस्तरीय पढाइको खोजीमा सानैमा त्यो गाउँ छोडेर नेपालगन्ज आएको थिए म र मेरो परिवार । जति सम्म मलाइ याद छ ती जाजरकोटमा बिताएका क्षणहरु म अझै सम्झिन्छु छुवाछूत माथिलो जात कहलाउने ले हातको नखाने , घर भित्र छिर्न नदिने , मन्दिर भित्र बस्न नदिने कोहि सामान छुएको भए सुनपानी गरेर मात्र घरभित्र लाने जस्ता विभेदहरु देखेको थिए। त्यो देखेर म अचम्मित हुन्थे। एउटा मान्छे लाई अर्को मान्छे ले किन यस्तो व्यवहार गर्छहोला। मैले धेरै पटक आफू भन्दा ठूलो लाई सोध्दा जवाफ एउटै आउथ्यो ती तल्लो जातका हुन। त्यसैले ठूलो भएपछी आफै थाहा पाउछौ ।
अहिले ति कुराहरु सम्झिएर म त्यति बेला मान्छे सानो भएपनी मेरो दिमाग ले चाहेर धेरै ठूलो कुरा सोचेको रहेछ। जब नेपालगन्ज झरे त्यो छुवाछूत यहाँ पनि पाए तर अलि फरक ढुङ्गमा जाजरकोटमा जस्तो आफ्नै अँखा अगाडि ती ब्योहारहरु देख्दा मलाइ लाग्यो यता जनचेतनाको कमिले गर्दा सायद मान्छेहरुले बुझेका छैनन त्यसैले परापुर्बकाल देखि चली आएको चलनलाइ निरन्तर दिरहेका छन तर धेर पढी लेखी माथिल्लो पदमा नियुक्ति भएका मानिसहरुको सोच पनि त्यही भेत्ताए , आफ्नो छोरी अन्तरजातीय बिहे गर्दा काजकिरिया गरेको पनि देखे त्यो देख्दा यो स्पर्श भयो कि मान्छे जति पढे त्यो पढाइको ज्ञान् किताब मै सिमित राखे , पढेका ती ज्ञानगुणका कुराहरु लाई ब्यवहारिकता मा उतार्न रहेनछन।जनचेतना को मात्रै कमि होइन मान्छेहरु को सोच पनि साधुरो भेटाए।
छुवाछूत ले हाम्रो समाज मा यसरी जरा गाडेको रहेछ कि त्यस्लाइ जरैबाट निर्मुल पार्न कानुनमा मात्रै लेखेर नहुने रहेछ केही नकेही कदमा उठाउनु पर्ने हुन्छ जसतो लाग्छ । अब नियम मै अन्तरजातीय बिहे गर्न मात्र पाउने नलगाए सम्म यो जातिय विभेद ले आफनो ठाउँ ओगरि रहन्छ जस्तो मलाइ लाग्छ सबै मान्छेहरु ले अरुलाइ दोष लगाउनु भन्दा पनि प्रत्येक ले आफै बाट थालनी गर्नुपर्छ जस्तो लाग्छ ।
हामी प्रत्येक नेपाली एकजुट भएर जातिय विभेद अन्त्य गर्नु तर्फ लाग्नुपर्छ हामी प्रत्येक नेपाली यसको अन्त्य मा लागेनौ भने कतै न कतै यस्को जराले आफ्नो ठाउँ ओगरीरहने छ र भबिस्यमा फेरि पनि घटना घटिरहने छ अनि नवराज जस्तै लाखौ ले अकाल मै बिना कसुर आफ्नो ज्यान गुमाउनु पर्ने छ।




