
अजित भुजेल
बिरगंज , जेष्ठ ३० गते आइतबार ।
हाल विश्वभरी महामारीको रुपमा फैलि रहेको कोभिड-१९ कोरोना भाईरसलाई मध्य नजर गर्दै कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि निम्बस ग्रुब वीरगंज पर्साको सहयोगमा मिति २०७८/०२/०४ गते देखि माक्स र हेण्ड सेनिटाईजरको बैंक स्थापना गरि यस सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्सा र राईजिङ्ग वीरगंज नेपालको संयुक्त आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत हरेक दिन विहान ०७:०० वजे देखि ०८:०० बजे सम्म दैनिक १५०/२०० पिस माक्स वितरण गर्दै आईरहेकोमा मिति २०७८/०२/३० गते आज २७ औं दिन आइतबार पनि सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष श्री हाजी ग्यासुदिन ठकुराई ज्यूको अध्यक्षतामा माक्स वितरण गर्दै हाल आवस्यक नदेखिएकोले माक्स र सेनिटाईजर बितरण कार्य स्थगित गरिएको जनाएको छ ।
आज एक कार्यक्रम बीच सहयोग गर्ने सस्था, संचारकर्मी , सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु , स्थानीय जनता , जनप्रतिनिधिहरु र प्रहरी लाई धन्यवाद दिनु भएको थियो ।
आजको कार्यक्रममा सामुदायिक सेवा केन्द्र छपकैया-२ का वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक , सचिब प्रबीण बिक्रम शाह , सहसचिव मदन कुमार गुप्ता , कोषाध्यक्ष प्रेम कुमारी सिंह , सदस्य अजित कुमार भुजेल , अरुण कुमार गोयल , बिट्टु नेपाली , अब्दुल कैस मिया तेलि , साहेब हुसेन , प्रहरी सहायक निरीक्षक सर्फलाल प्रसाद यादव , प्रहरी हवल्दार र प्रहरी जवान राजकुमार तामाङ समेतको उपस्थिति रहेको थियो ।




