
वीरगञ्ज ३२ साउन । पर्सागढी नगरपालिका वडा नं ५ मा ने.क.पा. माओवादी केन्द्र पार्टीको वडा कमिटी गठन भएको छ । क. विपिन यादवको अध्यक्ष्ता तथा जिल्ला सदस्यहरुको विषेश उपस्थितीमा २९ सदस्यकमिटी गठन भएको छ ।
माओवादी केन्द्र कमिटीको साउन १७ गते गरेको निर्णय ३० गते देशका ४३ वटाहरुमा वडा कमिटी गठन गर्ने निर्णय अनुसार पर्सागढीको वडा नं ५ मा विहीबार वडा कमिटीको गठन गरीको सोही वडाकमिटी सचिव तथा युवा नेता क.सुनिल रायभरले बताउदै । वडा कमिटीको नामावलि सार्वजनिक गरेका थिए । अध्यक्षमा क. विपिन यादव, सचिवमा क.सुनिल रायभर, सदस्यमा क.विक्रम रायभर, क.सुरेन्द्र ओझा, क. कृष्णा चौधरी लगायत २९ सदस्य कमिटी गठन गरीएको थियो ।
कमिटीले हरेक महिनाको पहिलो सप्ताहमा पर्ने शनिबारको दिन बैठक बस्ने र वडा कमिटी बलियो बनाउन प्रत्येक बैठमा १००(एकसय) रुपैको दरले जम्मा गर्ने निर्णय गरे छ । साथै पर्सा जिल्लाका महानगरपालिका ,नगरपलिका, गाउँ पालिकाको सम्पुर्ण वडाहरुमा कमिटी गठन संगै उपनिर्वाचनको तयारीमा लागने र पार्टीको नेतृत्व रहेका तिनैतहका सरकारका काम जनतामाझ लगेर मत मगने तयारीमा जुटने कमिटीको मुल उदेश्यरहेको अध्यक्ष यादवको भनाईरहेको थियो ।




