शहीद महिला पत्रकार उमा सिंहकी आमालाई हातमुख जोर्न कठिनाई।

विनोद मण्डल कार्तिक २१ । सिरहाको मिर्चैया नगरपालिका वडा नं ९ का शहीद महिला पत्रकार उमा सिंहको २०६५ पौष २७ गते जनकपुरमा हत्या भएको आरोपमा जन्म कैदको फैसला पाएकी ललिता सिंह करिब ८ वर्षपछि जेलबाट रिहा भएपछि शाहिदकी आमालाई तनाव सिर्जना भएको छ ।

सुशिला सिंहकी पति रञ्जित सिंह र छोरा संजय सिंहलाई माओवादी द्वन्दकालमा हत्या गरिएको थियो । ललिता सिंह जेलमा हुँदा करिब ७ बिगाहा जग्गालाई अधिया लगाई त्यसबाट आएको उब्जनीले गुजारा गर्दै आएकी शुशिला सिंहको बटीदारलाई ललिता सिंहले दबाब दिएर उब्जनी नदिन भनेपछि सिंहलाई जीवन गुजार्न कठिनाई उत्पन्न भएको छ ।

शुशिला सिंह उमाको हत्यापछि भारतमा शरण लिएर बसिरहेकी छिन् वर्षमा २,३ पटक गाउँ आउने गरेको शुशिला यसपटक उब्जनी नपाएपछि न्यायको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा कार्तिक १६ गते निवेदन दर्ता गराएका छन ।

स्मरण रहोस् उनीहरूको बीचमा अंशबन्डा कानुन बमोजिम भइसकेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close