मोर्डना खोप लगाउन शुरु

स्वास्थ्यमन्त्री विरोध खतिवडाले आइतबार हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दे खोप अधियानको शुरुवात गर्नुभएको हो । मन्त्री खतिवडाको रोहवरमा भुटनदेवी माध्यमिक विद्यालयका एक छात्र र छात्रालाई खोप लगाएर देशभर मोर्डना खोप अभियान सुरु गरिएको हो ।

आज देशभरका ५७ वटा जिल्लाबाट खोप अभियान सुरु गरिएको हो । मन्त्री खतिवडाले भुटनदेवी स्कुलबाट खोप अभियान सुरु गरिएको र केही दिनभित्रै देशका ७७ वटै जिल्लामा सञ्चालन गर्ने सरकारी लक्ष्य रहेको जानकारी दिनुभयो । सबै जिल्लाका विद्यालयमा स्वार्थीकर्मी पुगेर बालबालिकालाई खोप लगाउने सरकारी भनाई छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close