जनयुद्ध दिवसको अवसरमा बिरगंजमा कम्बल वितरण

फाल्गुन १, बिरगंज

२७औ जनयुद्ध दिवसको अवसरमा नेकपा(माओवादी केन्द्र) बिरगंज महानगर समितिले कमबल बितरण कार्यक्रम गरेको छ । बिरगंज महानगरको २८ न. वडाको दर्दरवा टोलमा पर्ने दलित बस्तिमा कम्बल बितरण गरिएको हो ।

माओवादी केन्द्रका बिरगंज महानगर समितिको अध्यक्ष सब्बा अन्सारीको नेतृत्वमा कम्बल वितरण कार्यक्रम सम्पान भएको छ। अध्यक्ष अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादीका पुराना नेता प्रभु यादव प्रमुख अथिति बनाइएको थियो ।

तेसै गरी महानगर समितिका उपाध्यक्ष रुपा पाण्डे, सचिव नन्दकिशोर पंजियार, मनोज यादव, रुपनरायण सिह, महबुब अन्सारी, उमा माझी लगायतको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close