बीपी उद्यानको जग्गामा पार्किङ निर्माण र ठेक्का सम्बन्धमा उच्च अदालत अस्थायी इजलास जनकपुर द्वरा रिट जारी

वीरगञ्ज : धिरज गुप्ताद्वारा दायर रिट माथि सुनुवाइ गर्दै उच्च अदालतद्वारा वीरगञ्जस्थित घण्टाघरको उतरतर्फ रहेको बीपी उद्यानको जग्गामा निर्माणभई रहेका अबध्य निर्माण भई रहेका निर्माण विरुद्ध परेको मुद्दामा सुनुवाइ गर्दै उच्च अदालत अस्थायी इजलास वीरगञ्जले बी.पी उधान को निर्माण गर्न रिट जारी गरेको छ।

सोमबारको पेसीमा रिट निवेदक धीरज गुप्ताको तर्फबाट वरिष्ठ बरिष्ठ अधिवक्ता देवेंद्र लाल नेपाली द्वाेय अधिवक्ता शैलेन्द्र चौरसिया, रामनारायण कुर्मी सहितले बहस गरेका थिए।

सो मुद्दामा सोमबार सुनुवाइ गर्दै अदालतले बीपी उद्यानको जग्गामा बी.पी उधान बनाउन रिट जारी गरेको छ।

घण्टाघरको उत्तरतर्फ रहेको बीपी उद्यानको जग्गामा असारतिर पार्किङस्थल निर्माण गर्न थालिएपछि त्यसको चौतर्फी विरोध भएको थियो।

बीपी उद्यानको जग्गामा उद्यानबाहेक अन्य संरचना बनाएको भन्दै वीरगञ्जका धीरज गुप्ताले वीरगञ्ज महानगरपालिका, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा ठेकेदार कम्पनीलाई विपक्षी बनाई उच्च अदालत अस्थायी इजलास वीरगञ्ज रिट निबेदन मा २०७९ साल भाद्र २० गतेको पेशीमा रिट जारी हुन आदेश गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close