
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य उम्मेदवार लक्ष्मण लाल कर्णले चुनावी घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन ।उनले शनिबार राति वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३२ चोर्नीमा मतदाताहरुसित भेटघाट गर्दै घरदैलो कार्यक्रम गरेका छन ।कार्यक्रमलाई सम्बोधन गर्दै पाँच दलीय सतारुढ गठबन्धनबाट उम्मेदवार बनेका कर्णले प्रतिगमनकारी शक्तिलाई परास्त गर्न र सँबिधानको रक्षाको लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएका थिए
देशलाई प्रतिगमनकारी शक्तिबाट गठबन्धनले नै बचाएकाले अब देशको बिकाश यही गठबन्धनबाट मात्रै सम्भव रहेकाले आफुलाई मत दिन मतदाताहरुसित उनले आग्रह गरेका थिए ।पाँच दलीय गठबन्धन भएपछि जसपाले मधेसका मुदा छाडेर एमालेसित नमिल्ने गठबन्धन गरेको कर्णको भनाई थियो ।आफु क्षेत्र नम्बर ४ को साँसद भएको बेलामा आफनो सँसदीय कोष र बिभिन्न मन्त्रालयबाट पहल गरेर सो क्षेत्रमा करोडौको योजनाहरु सञ्चालनमा ल्याएको उनको दाबी थियो ।
कर्णले गठबन्धनको निर्णय र वीरगञ्ज महानगरपालिकाको बिकाशको लागि नै आफु यसपालि क्षेत्र नम्बर १ बाट चुनाव लडिरहेको बताए ।जवाफमा भेटघाटमा उपस्थित भएका मतदाताहरुले आफनो मत कर्णलाई नै दिने आश्वासन दिएका थिए ।उनीहरुले यसपालि पनि कर्णलाई नै जिताउने मनसाय बनाईसकेको बताएका थिए ।
निर्बाचन परिचालन समिति गठन यसैबीच वडा नम्बर ३२ मा लोकतान्त्रिक समाजबादी पार्टीको १५ सदस्यि निर्बाचन परिचालन समिति समेत गठन गरिएको छ ।माईला लामाको अध्यक्षतामा १५ सदस्यि निर्बाचन परिचालन समति गठन गरिएको थियो ।समितिमा नागेश्वर महतो,रमा माझी,झकड माझी,सन्तु माझी,सलाउदीन अन्सारी,खुर्सेद अन्सारी लगायत रहेका छन ।




