भारतीय महावाणिज्य दूतावास वीरगंज द्वारा साइकल र्‍याली

वीरगंज, पर्सा

आजादीका अमृत महोत्सव तथा संविधान दिवसको उपलक्ष्यमा बीरगंज स्थित भारतको महावाणिज्य दूतावास द्वारा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ।

पहिलो कार्यक्रम साइकल र्‍याली गरिएको थियो। जसमा समाजका सबै वर्गका करिब ५० जनाले भाग लिएका थिए। र्‍यालीको मार्ग कन्सुलेट–पावरहाउस चौक,बाहुआरी–बाईपास–किरण आँखा अस्पताल–त्रिभुवन राजमार्ग इनर बाइपास–घण्टाघर–वाणिज्य दूतावास–पावरहाउस चौक–आईसीपी–पावरहाउस चौक–वाणिज्य दूतावास रहेको थियो ।

साइकल र्‍याली पछि कन्सुलेट परिसरभित्र ११बजे वाणिज्य दूतावासका सदस्यहरूका लागि संविधानको प्रस्तावना वाचन गरिएको थियो। प्रस्तावना वाचन कन्सुल जनरल द्वारा संचालित गरिएको थियो ।

प्रस्तावना पढेपछि वाणिज्य दूतावासका सबै सदस्यहरूका लागि “जनताको अधिकार, शासनका सिद्धान्त र कर्तव्यहरू” नामक चलचित्र प्रदर्शन गरिएको थियो।

चलचित्र प्रदर्शन पछि, “प्रजातन्त्र को विशेष सन्दर्भ संग शासन मा संविधान को सान्दर्भिक” शीर्षकमा प्यानल छलफल आयोजित गरिएको थियो। जसमा रामेश्वर सेढाई, अधिवक्ता, जिल्ला अदालत, पर्सा, पन्नालाल गुप्ता अधिवक्ता, जिल्ला अदाल पर्सा,जगदीश शर्मा, प्रमुख सम्पादक, प्रतीक प्रकाशन समुह, वीरगंज् ,महेश अग्रवाल, प्रदेश अध्यक्ष, सीमा जागरण मञ्च, रक्सौल र हरेन्द्र हिमकार, सेवानिवृत्त प्राध्यापक, KCTC कलेज, रक्सौल द्वारा आफ्नो विचार प्रस्तुत गरिएको थियो।

कन्सुल जनरल नितेश कुमारले संविधान दिवस मनाउनुको महत्त्वलाई प्रकाश पार्दै दिनमा आयोजित विभिन्न कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिनुभएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close