नेपाल किसान महासंघ पर्साद्वारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र ।

नेपाल किसान महासंघ पर्साद्वारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र ।

बिरगंज , पुष १३ गते बुधबार ।

नेपाल किसान महासंघ पर्सा जिल्ला कार्यसमिति अध्यक्ष अरबिन्द त्रिपाठीको नेतुत्वमा गएको टोलिले आज ज्ञापनपत्र बुझाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल मार्फत सम्मानिय प्रधानमन्त्री मन्त्री परिषदको कार्यालय सिंहदरबार काठमाडौंलाई किसानहरुको गुहु बाली तथा सिचाइ समस्या सम्बोधनका लागि नेपाल किसान महासंघ पर्साले नेपाल सरकारको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा किसानहरुलाई समयमा मलखाद उपलब्ध गराई सहज रुपमा समानुपातिक ढंगले बितरण गर्नु पर्ने , सिचाइको हकमा गहुबालीका लागि ७ दिन भित्र पानीको व्यवस्था मिलाई गण्डक नहरमा पानी छाडनु पर्ने माग राख्दै सो समस्या अबिलम्ब समाधान गर्नको लागि जोडदार माग गर्दै सो समस्याको समाधान नभएको खण्डमा सडक आन्दोलन गर्ने चेतावनी समेत सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझाउनेमा पोखरीया नगर पालिका पुर्व!मेयर दिपनारायण प्रसाद रौनियार , प्रदेश प्रतिनिधि म. हनिफ मिया, नेपाली काङ्ग्रेस क्षेत्र न.३ का क्षेत्रीय सचिव सुरेन्द्र सिंह , नेपाली काङ्ग्रेसका युवा नेता हुकुम सिन , नेपाल तरुण दलका सचिव बिवेक चौरसिया , किसान हिरामन चौहान , महेन्द्र साह , महमुद राय , अजय कुमार गुप्ता , पनालाल मुखिया, उपनेस चौरसिया, पत्रकार किशोर सिंह राजपुत , ईरसाद अन्सारी लगायतकाको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close