लिखत सम्बन्धी अभियोगमा २ जना मानिस‌ पर्सा प्रहरीको नियन्त्रणम

बीरगञ्ज, पर्सा

लिखत सम्बन्धी अभियोगमा २ जना मानिस‌ लाइ जिल्ला प्रहरी कार्यालय पर्सा ले नियन्त्रणमा लिएको छ।

भारतको रक्सौलबाट वीरगञ्जतर्फ आन्तरिक राजश्व विभागको किर्ते तवरबाट तयार गरिएको स्टिकर लिएर २ जना पुरूष व्यक्तिहरूले ल्याउँदै गरेको छन् भन्ने मिति २०७९।०९।१५ गते प्राप्त भएको सूचनाको आधारमा तालुक मधेश प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित सडकखण्डमा गोप्यरूपमा निगरानी गर्दै गरेको अवस्थामा अं.१५:०० बजे दुई जना अपरिचित व्यक्तिहरूले प्र.२-०३-००८ प २६६९ नम्बरको NS 200 CC को मोटरसाईकलमा वीरगञ्जतर्फ आउँदै गरेको अवस्थामा निजहरूलाई रोकी चेकजाँच गर्दा जिल्ला बारा विश्रामपुर गाउँपालिका वडा नं.५ हाल वीरगञ्ज महानगरपालिका वडा नं.१५ त्रिशुल चोक बस्ने वर्ष २७ को मनिष कुमार साह तेली र ऐ.वडा नं.१५ बस्ने वर्ष २५ को रंजन कुमार रामको शरीर रीतपूर्वक खानतलासी गर्दा मनिष कुमार साहले लगाएको ज्याकेटको दाहिनेतर्फको भित्री खल्तीमा लुकाइ छिपाई राखिएको आन्तरिक राजश्व विभाग Liquor 25 up 375ml लेखिएको स्टिकर पाना-१ ३९ स्टिकर भएको छायाँकपी पाना-१ फेला परेको हुँदा निजहरूलाई उल्लेखित नम्बरको मो.सा. बरामद भएको आन्तरिक राजश्व विभागको स्टिकर ३९ वटा सहित बरामद गरी जिल्ला प्रहरी कार्यालय पर्सा मा ल्याइ निजहरू विरुद्द लिखत सम्बन्धी कसूरमा
मिति २०७९।०९।१५ गतेबाट लागु हुने गरी पर्सा जिल्ला अदालतबाट ७ दिन( सात ) म्याद थप लिइ अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close