
वीरगंज, पर्सा
त्रिभुवन विश्वविधालय चिकित्सा शास्त्र अध्ययन संस्थान वीरगंज नर्सिङ्ग क्याम्पसको ४७ औं वार्षिकोत्सव समारोह भब्यताका साथ सम्पन्न भएको ।
वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलमले क्याम्पसमा जिर्ण अवस्थामा रहेको बाटो मर्मत गर्ने र क्याम्पसको शैक्षिक अवस्थामा सुधार ल्याउन सक्दो सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो।
बार्षिकोत्सव कार्यक्रममा क्याम्पसले आयोजना गरेको विभिन्न किसिमका प्रतियोगितामा भाग लिने विधार्थीहरुलाई पुरस्कार दिनुका साथै कोरोना कालमा योगदान दिने कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
उक्त बार्षिकोत्सव कार्यक्रम वीरगंज महानगरपालिका का नगर प्रमुख राजेशमान सिंह को प्रमुख अतिथत्व तथा वीरगंज नर्सिङ क्याम्पस का प्रमुख जमुना भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम,मधेस प्रदेशका पूर्व मुख्यमन्त्री एवं प्रदेशसभा सदस्य लालबाबु राउत गद्दी, ठाकुरराम बहुमुखि क्याम्पसका प्रमुख उमेश प्रसाद चौरसिया, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर चितरन्जन साह,जिल्ला प्रहरी कार्यालय पर्सा का प्रहरी सहायक उपरिक्षक निर्मल बुढाथोकी ,वडा नं २ का वडा अध्यक्ष महमद रेयाज मिया,वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक विसाल मल्ल लगायत स्थानिय बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।




