सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारको ८ औं बार्षिक उत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम

वीरगंज, पर्सा

मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भनी मुल नाराको साथ सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरि सेवा केन्द्र मिनाबजारको ८ औं बार्षिक उत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजन गरेको छ ।

वीरगंज महानगरपालिकाका उप-प्रमुख ईम्तियाज आलमको प्रमुख अतिथित्वमा रक्तदान कार्यक्रम भएको थियो भने रक्तदान कार्यक्रममा मन्तव्यको क्रममा बोल्दै आलमले भने रक्तदान भनेको जीवन दान हो हामी सम्पुर्ण नगर बासीहरुले एक ढिक्का भएर रक्त दानमा सहभागी हुन जरुरी छ । हामीले दिएको रगतले कसैको जीवन बचाउनमा ठूलो योगदान पुर्याउछ भने हाम्रो शरीरमा रहेको रगत तीन महिनामा खेर जान छ त्यही
भएर हामी प्रत्येक तीन महिनामा रगत दिन बानी बसालौ भन्नु भएको थियो।

त्यसै गरि रक्तदान कार्यक्रम कर्यक्रम मिनाबजार समुदायिक सेवा केन्द्रका अध्यक्ष वसुदेव सहनीको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ठ अतिथीमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक कोमल साह,नेकपा एमलेका केन्द्रीय सदस्य अरबिन्द सिंह रहेका थिए भने अतिथिहरु मा सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासोदिन ठकुराई वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरिक्षक विशाल मल्ल लगायतको उपस्तिथी रहेको थियो।

कार्यक्रम मा रक्त दाता हरु लाई प्रमाणपत्र प्रमुख अतिथी को हात बाट वितरण गरिएको थियो । सामुदायिक सेवा केन्द्र का प्रतिनिधिहरु लाई प्रसंसा पत्र समेत वितरण गरिएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close