वीरगंज महानगर वार्ड नं १५ मा निशुल्क स्वास्थ्य शिविर र निशुल्क औषधी वितरण

वीरगंज, पर्सा

वीरगंज महानगरपालिका वार्ड नं १५ लक्ष्मणवा चौकमा निशुल्क स्वास्थ्य शिविर तथा निशुल्क औषधी वितरण कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र वीरगंज महानगरपालिका वडा न १० आदर्शनगर, वीरगंज सामुदायिक आँखा हस्पिटल, र प्रभु हस्पिटल वीरगंजको सयुक्त आयोजनामा र रुँगटा वेल फेयर सोसाइटी वीरगंज को सहयोगमा वीरगंज म.न.पा.वडा नं.१५ स्थित लक्ष्मणवा चौकमा निशुल्क स्वास्थ्य घुम्ति शिविरमा महिला १७५जना, पुरुष १५०जना गरि जम्मा ३२५ जना स्थानियहरुको निशुल्क स्वास्थ्य जाँच गरि निशुल्क औषधी वितरण गरेको थियो।

निशुल्क स्वास्थ्य शिविर तथा निशुल्क औषधी वितरण कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्र.ना.उ.निर्मल बुढाथोकीको उपस्थितिमा भएको कार्यक्रममा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान को अध्यक्षतामा र सरकारी तथा गैरसरकारी कार्यालयका प्रमूख तथा प्रतिनिधिहरु समाज सेवि वृद्धिजिवी संचारकर्मी विभिन्न कार्यालयका आमन्त्रित महानुभावहरु लगाएत अन्य व्यतिहरुको सहभगीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close