
ठाकुर राम बहुमुखी क्याम्पसको स्व.वि.यू.निर्वाचन २०७९ स्थगीत भई २०८० जेष्ठ १३गते गर्ने ठाकुर राम क्याम्पस प्रशासनले गरेको त्रि.वि.को केन्द्रिय कार्यलय किर्तीपुरलाई सिफारिस बारे ने.बि.संघ पर्साले स्व.वि.यु. निर्वाचन हुनुपर्ने अडान राख्दै निर्वाचनको तयारीमा जुटन ने.वि.संघ जिल्ला कार्य समिति पर्सा सम्पूर्ण विधार्थी नेताहरुमा विज्ञप्ती आह्वान गरेको छ ।
साथै केहि विधार्थीहरुले आफूलाई ने.वि.संघ.को हु भनी यस क्याम्पसमा परीक्षा आइरहेको अवस्थामा परीक्षा शाखा लगायतका अन्य शाखाहरुमा लगाइएको तालाबन्दी प्रति ने.वि.संघ जिल्ला कार्य समिति पर्साले गम्भीर ध्यानकषर्ण भएको जनाएको छ।
ने.वि.संघ यस मुलुककै विधार्थीहरु हकहितको लागि लडने पुरानो ऐतिहासिक संगठन भएकोले परीक्षा आउनै लागेको बेलामा परीक्षा शाखा लगायत अन्य शाखामा लगाइएको तालाबन्दी नेपाल विद्यार्थी संघमा आवद्ध नभइ अरु संगठन को विद्यार्थी रहेको जानकारी गराएको छ। अहिले तालाबन्दी लगाउने समुह सित अविलम्ब शान्तिपूर्ण वार्ता गरी परीक्षा संचालनमा सहजताको लागि क्याम्पस प्रशासन सँग ने.वि.संघ जि.का.स.पर्सा जोडदार माग पनि गरेको छ।
अन्तमा विधार्थीको नाममा आफ्नो अभिभावक क्याम्पस प्रमुखलाई असभ्यता दर्शाउदै मानसिक र भौतिक यातना दिने कुरा गर्नेलाई पनि लोकतन्त्रमा यस्ता लज्जानक व्यवहार प्रदर्शन नगर्न तथा समस्याको समाधान शान्तिपूर्ण वार्ताबाट मात्र गर्न आह्वान गर्दै पुन:स्थगित स्व.वि.यु.निर्वाचन यहि मिति २०८० जेष्ठ १३ गते गर्न गराउन सबै संघ/संगठन मिलेर समन्वय गर्दै अगाडी बढन प्रेस विज्ञप्ती हस्ताक्षर गरेका अध्यक्ष रमेश यादवले जनाएका छन ।





