पार्टी हित विपरित कार्य गरेको भन्दै कांग्रेसका क्षेत्रिय सभापति गुप्ता र निर्वतमान प्रदेशसभा सदस्य तेलीलाइ कार्वाही

वीरगंज, पर्सा

पार्टी हित विपरित कार्य गरेको भन्दै नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं १ का क्षेत्रिय सभापति अरविन्द गुप्ता र पुर्व प्रदेशसभा सदस्य राजेश्वर साह तेली लाइ कार्वाही गरेको छ।

नेपाली कांग्रेस जिल्ला अनुसासन समिति पर्सा को च.नं. मिति २०७९/०८/१५ जिल्ला अनुशासन समिति पर्साबाट प्राप्त पत्र अनुसार २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हित विपरित कार्य गरेको भन्दै पर्सा निर्वाचन क्षेत्र नं. १ का सभापति अरविन्द कुमार गुप्ता र निर्वतमान प्रदेशसभा सदस्य राजेश्वर साह तेलीलाइ‌ विधानको धारा ३४ को ६ को (ङ) अनुसार कार्वाही गर्नको लागी आएको पत्रमा नेपाली कांग्रेस मधेश अनुशासन समितिको मिति २०७९/१०/११ गतेको बसेको बैठक जिल्लाको निर्णयलाई सदर गरी केन्द्रिय अनुशासन समितिमा पठाइएको नेपाली कांग्रेस प्रदेश अनुशासन समितिका संयोजक सुरेश कुमार यादव द्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close