
पवन प्रसाद साह/वीरगंज
राजा रानी जिन्दाबाद राष्ट्रबादी संयुक्त मोर्चाको वीरगंजमा प्रदर्शन गरेको छ।
वीरगंज स्थित घण्टाघर चौकबाट निस्केको र्यालीमा राजा रानी जिन्दाबाद, राजसंस्था कायम गर, हिन्दू राष्ट्र कायम गर ,धर्मनिरपेक्ष खारिज गर भन्दै नाराबाजी गर्दै माइस्थान,अलखियामठ, आदर्शनगर, गिता मन्दिर हुदै घण्टाघर चौकमा आइ कोणसभामा परिणत भएको थियो।
कोणसभा लाइ सम्बोधन गर्दै राजा रानी जिन्दाबाद राष्ट्रबादी संयुक्त मोर्चा मोर्चा का अध्यक्ष जनकलाल शाह ले भने यो देसमा राजा ले बनाएको उधोग लोकतन्त्र,गणतन्त्र सताधारीहरुले कुनै पनि उधोग संचालन गर्न सकेन संचालन गरेको भए यो देसको युवाहरु खाडि मुलुकमा रोजगारी गर्न जाने थिएन त्यहि भएर यो देसमा राजसंस्था को जरुरी छ कि यो देसका जनताहरू ले सुख शान्ति को महसुस गरोस्।
त्यसतै कोणसभा सम्बोधन कै क्रममा राज भक्त – राष्ट्रबादि समूह का शम्भु चौरसिया ले भने यो लोकतन्त्र होइन यो चाहि लुटतन्त्र हो जुन पार्टी को सता आओस त्यो लुटतन्त्र नै मचाउने हो र अरु देस को इसारामा चल्ने हो त्यही भएर हाम्रो देसमा राजतन्त्रको आवश्यकता रहेको दाबी गरे
उक्त कार्यक्रम राजा रानी जिन्दाबाद राष्ट्रबादी संयुक्त मोर्चा मोर्चा का अध्यक्ष जनकलाल शाह को अध्यक्षतामा भएको कार्यक्रममा राज भक्त- राष्ट्रबादी समुह का शम्भु चौरसिया,राज भक्त देस भक्त सेवक समुह का दिपेन्द्र रौनियार,रा.स.मंच का राजेश यादव, राष्ट्रबादी समुह का बिरेन्द्र थापा, नेपाल राष्ट्रबाद संघ का संगिता देवी शाह,नेपाल बिदत परिषद का रामनारायण साह, बिश्व हिन्दू परिषद का पृथ्वी झा,त्यसैगरि उपस्थितिमा उमाशंकर साह, राजेन्द्रपाल साह, संतोष कुमार गुप्ता, विष्णु कुमार दास,पवन प्रसाद साह, उदित सहनी,बिरेन्द्र साह, बजरंगी साह,चुलाइ मिया, असर्फी साह,शिवसंकर साह, राधाकृष्ण चौहान, सम्भु घिमिरे,लगायतका ब्यत्किहरुको उपस्थिति रहेको थियो।




