छनौट भएकी शिक्षकाको नाम प्रकासित नगर्न नक्कली प्रअ द्धारा बिधालयमा आफैले गराए तोटफोड,३ जना बिधार्थीलाई बनाइयो नक्कली बिरामी ,औषधी १७ सय खाजा १७ हजार

बारा ५ जेठ
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २० मा रहेको श्री बिक्रम अधारभुत बिधालय बस्तपुरमा प्रअ गुडी कुमारी शर्माको श्रीमान हेमन्त शर्मा नक्कली प्रअ बनी छनौट भईसकेकी अजिता कुमारी यादवको नाम प्रकासित नगर्न बिधालयमा आफैले तोडफोड गर्न लगाएका छन ।

प्राबि राहतमा लिखित , मौखित परीक्षामा उर्तिण भई शिक्षकाका लागि छनौट भईसकेकी यादवको नियुतिm प्रक्रियामा प्रअ गुडीलाई निजको श्रमिानले सहीछाप नगर्न दवाव सृजना गरि बिधालयमा केही ब्यतिmहरुलाई ल्याई पुरानो फर्निचरहरु तोडफोड गर्न लगाई कागजातहरु चेरी भएको नाटक मन्चन गरेको अजिताको श्रीमान चन्द्रमोहन यादवको आरोप रहेको छ ।
बैसाख २० गते पत्रिकाका बिज्ञापन निकालिएको थियो भने २१ जनाले फर्म भरेको भएपनि २० जनाले मात्र परिक्षामा सहभागि भएको थियो । २४ गते एक घन्टाको अब्जेक्टिभ परिक्षामा ७ जना उतिर्ण भएको थियो । ३ घन्टाको लिखित परिक्षामा सो मध्ये ३ जना मात्र उर्तिण भए । जसमा मेरी श्रीमतिको नाम एक नम्बरमा प्रकासित भएको थियो चन्द्रमोहनले बताए । मौखित परिक्षामा पनि मेरी श्रमिति अजिता एक नम्बरमा नै नाम लिकाल्न सफल भएको थियो ।

बिधालयमा कुनै प्रकारको झै–झग्डा नै नभएको भएपनि ३ जना बिधार्थीलाई नक्कली बिरामी बनाई बिरगंज स्थित रहेको ब्योधा अस्पतालमा नाटकिय रुपमा भर्ना गराई कुटपिट गरेको आरोपमा ईलका प्रहरी कार्यालय सिमरामा आफु सहित केही ब्यतिmहरु माथि निवेदन दिई शिक्षक छनौट प्रक्रियालाई निस्तेज पार्न खोजेको यादवको भनाई रहेको छ । बिरामी भनिएका बिधार्थीहरुलाई १७ सयको औषधी, कुर्न गएका कुरुवाहरुको १७ हजारको खाजा खाएको खर्च विवरणले पनि प्रष्ट हुन्छ कि बालकहरु घाईते नभई तिनीहरुलाई नक्कली बिरामी बनाएको छ ।

प्राबि राहतको सुचना निकाल्नका लागि नक्कली प्रअले मसंग रु ४ हजार रुपैया माँ गरेपछि मैले लक्ष्मी बिकास बैकको खाता नम्बर ०२९१०४००५३७३५४०००००१ बाट सो पैसा दिएको बताउदै लिखित , मौखित परीक्षमा श्रमिति अजिता नाम निकालेपछि हेमन्त शर्माले रु ४ लाख रुपैया घुस मागेपछि आफुले सो रमक दिन नमानेपछि सम्पन्न भईसकेको परिक्षालाई अन्यौलमा पार्नका लागि यस्तो हर्कत गरेको चन्द्रमोहनले भने । मलाई पटक पटक बिभिन्न बहनामा हेमन्तले पैसा माँग गरेपनि मैले उनको कुरा नसुनेपछि यस्तो कुरा आएको हो ।

श्रमतिको जागिर सुरक्षित भएपछि मैले किन बिधालयमा झग्डा गर्दछु, किन कागजात चोरछु, तोडफोड गर्दछु चन्द्रमोहनको प्रशन रहेको छ । उनी भन्छन गाँउलेहरुलाई थाह थियो कि बिधालयको प्रअ हेमन्त शर्मा नै रहेको छ तर शिक्षकको अन्तिम नतिजा निकाल्ने दिनमा बल्ल थाह भयो कि हेमन्त होईन उनको श्रमिति गुडी शर्मा प्रअ हो भनेर ।

घटनाको निष्पक्ष छानबिन गर्न उच्च स्तरिय छानबिन समिति बनाउन माँग गरे । परिक्षाको अन्तिम नजिता निकाल्नुको साटो अतिरंजित गर्ने प्रअ गुडी र उनको श्रमिान हेमन्तलाई कार्यवाहीको दायरामा ल्याउन माँग गरे ।

यहाँ सम्म कि प्रअ गुडी शर्माको कुर्सीमा समेत बसी हातमा लठी लिई बिधार्थीहरुलाई पठनपाठन समेत गराउने गरेको थियो हेमन्तले शर्माले उनले भने । अभिभावकहरु समेतलाई अन्यौलमा राखी बिधालयमा यसरी खुल्मखुल्ला रुपमा गई सबैलाई हब्की दब्की दिने काम समेत गर्दे आएको थियो शर्मा गाँउलेहरु बताउन्छन । यहाँ सम्म कि बिधालयमा कुनै प्रकारको निर्णय लेख्नु परे हेमन्त स्वयमले नै माईनट लेख्न गर्दे आउनु आएका छन भने परिक्षाको माईनट समेत लेखी खेताला हेडमास्टर साबित भएका छन ।

यस बिषयमा वडा नम्बर २० का वडाअध्यक्ष एवम बिधालय ब्यवस्थापन समितिको अध्यक्ष रसुल मिया अंसारीले बिधालयमा चन्द्रमोहन पक्षधरले कुनै प्रकारको तोडफोड नगरेको बताउदै बिगतको दिनमा वडा कार्यालयमा हुलहुज्जत गर्ने, तोडफोड गर्ने समुह नै प्रअ गुडीको श्रीमान हेमन्त शर्माको ईसरामा सो बिधालयमा तोडफोड गरेको जानकारी दिए ।

स्थाई शिक्षक हुदाहुदै गुडी शर्मा राहतको शिक्षिका भएको भएपनि नियम बिपरित प्रअ बनी आफुले कुनै प्रकारको लिखित निर्णयहरु ल्ोख्न नसकी आफनो श्रीमानको बलमा दुवै जनाले बिधालयमा फागज मिलाई बिभिन्न चलखेल गर्दै आएको र बिधालयको सबै कागजी श्रीमानबाट नै कामकाज गराउदै आएको वडाअध्यक्ष अंसारीले बताए ।

यस बिषयमा जिल्ला शिक्षा समन्वयन ईकाईका प्रमुख श्यामबाबु प्रसादले २ जना बिज्ञ, बिधालय ब्यवस्थापन समितिको अध्यक्ष र स्वयम म आफै परिक्षमा सरकि भएकोमा ४ जनाको टिमले अजिता यादव ओरल, लिखितर मौखित परिक्षमा समेत पहिलो स्थान ल्याउन सफल भएपछि प्रअ गुडीले असहमति जनाएपछि रिजल्ट निकाल्नमा असजिलो भएको बताए ।

यस बिषयमा प्रअ गुडी शर्मासंग बुझदा म र मेरो श्रीमान ४ लाख रुपैया अजिताको श्रमिान संग नमागेको भन्दै रु ४ हजार रुपैया श्रमिान हेमन्तको खातामा आएको स्वीकार उनले गरिन । लिखित,अब्जेकटिभ र मौखित परिक्षमामा बिज्ञबाट अजितालाई बढी नम्बर प्राप्त भई पास भएको स्वीकार गर्दे मौखित परिक्षमा बिधालय ब्यवस्थापन समितिको अध्यक्षले बढी अंक दिएको प्रअ गुडीले आरोप लगाईन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close