नेपाली कांग्रेसका पूर्वसभापति एंव पुर्वप्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १०० औं जन्मजयन्ति पर्सामा पनि नेपाली कांग्रेसले मनाए

नेपाली कांग्रेसका पूर्वसभापति एंव पुर्वप्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १०० औं जन्मजयन्ति पर्सामा पनि नेपाली कांग्रेसले मनाएको छ ।

वीरगन्न्जस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पर्साका सभापति एंव प्रदेशसभा सदस्य जनार्दन सिंहले स्वर्गीय गिरिजाप्रसादकै कारण नेपालमा गणतन्त्र आएको बताए । उनले गणतन्त्र कम्युनिष्टको नारा र विचारधारा भएपनि गिरिजा प्रसादकै जोडबलमा कांग्रेसले विधानत गणतन्त्रलाई अंगालेको बताए ।

सहकार्य , सद्भाव र एकता आजको आवश्यकता भएको भन्दै उनले यसको सुत्राधारपनि गिरिजाप्रसाद नै भएको उनले बताए । गिरिजाप्रसाद जस्तो साहसी , कुशल र अडान भएको नेता अहिलेसम्म कोहि नभएको भन्दै क्षेत्रीले भने,‘ अब फेरि उहाकोे जस्तो चट्टानी अडान र साहसीपूर्ण निर्णय लिन सक्ने नेता नेपालले पाउन शायद मुश्किलै छ ।

कांग्रेसभित्र अहिले अनुशासनहीनताले प्रश्रय पाउँदै गएको देखिएको भन्दै उनले चिन्ता पनि व्यक्त गरे । जिल्ला सभापति क्षेत्रीले भने,‘ अब पार्टीभित्र अनुशासनहिनता सह्य हुदैन , जसले पार्टीको अनुशासनलाई तोड्छ , अराजकता मच्चाउछ उनिहरुलाई पार्टीले बोकेर अब हिड्दैन , कुरा क्लीयर छ ।

जिल्ला सभापति क्षेत्रीकै अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति रामनारायण कुर्मी , जिल्ला सचिवद्वय दिनेश चौधरी र इम्तियाज आलम , जिल्ला सहसचिव नवीन सिंह , पूर्व जिल्ला उपसभापतिद्वय प्रकाश उपाध्याय र दिना गुप्ता ,जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादव , कांग्रेसका क्षेत्रीय सभापतिहरु , भातृ संगठनका अध्यक्षहरुका साथै नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close