
बाँके । नेपालगञ्ज बजारमै युवाहरुको समुहले बरीष्ठ सई विनोद सिंहमाथि खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको छ । जिल्ला प्रहरी कार्यालय वाँकेका एसपि सन्तोष सिंह राठौरले बरीष्ठ सई सिंंह माथि युवाहरुको समुहले खुकुरी प्रहार गरेर घाइते बनाएको पुष्ट्रि गरे । एसपि राठौरले आक्रमणको कारण वारे केही खुल्न नसकेको र घटना वारे अनुसन्धान भइरहेको भन्दै आक्रमणमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरीसकेको जानकारी दिए ।
उनले सिंह दाङ लगायतका विभिन्न जिल्लामा काम गरेको बताए । सिंहमाथि युवाहरुको समुहले आइतवार राति साढे १० वजेतिर आक्रमण गरेका हुन् । स्कुटरमा हिडिरहेका सिंहलाई कलपतरु होटल नजिकै युवाहरुको समुहले स्कुटर रोकेर विवाद गर्दै उनिमाथि खुकुरी प्रहार गरेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार नेपालगञ्ज कोरीयनपुरका दिपेन्द्र अधिकारी र जानकी गाँउपालिका १ शिवपुरीका भरत थापाले बरीष्ठ सई माथि खुकुरी हानेर घाइते बनाएका हुन् ।
उनिहरुलाइ पक्राउ गरेर मुद्धा चलाउने तयारी रहेको प्रहरीले जनाएको छ । घाइते सिंहको दायाँ हातमा गहिरो चोट लागेको र वाँयाा हात पनि काटिएको जिल्ला प्रहरी कार्यालय वाँकेले बताएको छ । बरीष्ठ सई सिंहले केही दिन अघि मात्रै पदवाट राजिनामा दिएका थिए । सिंहको अहिले अस्पतालमा उपचार भइरहेको पनि प्रहरीको भनाई छ । पिडित सिंहले उनिहरु विरुद्ध ज्यान मार्ने उद्याेगमा प्रहरीमा जाहेरी दिएका छन ।




