
बिरगंज स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय वडा नं १६ नगवामा ब्यक्तितव विकास सम्बन्धि गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ। सानो पाइलाको प्रमुख भुमिका तथा बिरगंज महानगरपालिकाको सहकार्यमा आयोजना भएको ब्यक्तित्व विकास सम्बन्धि गोष्ठिको उदघाट्न प्रमुख अतिथिको रुपमा रहेका बिरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलमले गरेका थिए ।
विधालयका बालबालिकाले उप-मेयर आलमलाई फुलको गुच्छा दिएर स्वागत गरेका थिए। कार्यक्रमको उदधाटन गर्दै प्रमुख अतिथि इम्तियाज आलमले आफ्नो मन्तब्यको क्रममा बालबालिकाहरुमा हुनु पर्ने सकारात्मक गुणहरुको बारेमा जानकारी गराउनुको साथै प्रत्येक विधालयहरुमा यस्तो कार्यक्रमहरुको आवश्यकता रहेको बताए।अहिलेको दिनहरुमा यस्ता कार्यक्रमहरु नियमित रुपमा संचालन गर्न समेत उनले आग्रह गरेका थिए । बालबालिकाको व्यक्तित्व विकासका लागि समय समयमा विद्यालयहरुमा यस्ता कार्यशाला सञ्चालन गर्न उनले महानगरपालिका हर सम्भव कार्य गर्ने समेत बताए।
शिक्षासँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियालापमा सहभागी गराउने भनेको बालबालिकाको सानै उमेरमा शिक्षा प्रती आकर्षण गराउने ठूलो सहयोग पुग्ने उनले बताए।
बिधालय प्रधानप्राध्यापक नन्दकिशोर रामले समेत उपस्तिथि रहेको थियो।उनले शिक्षासँगै अन्य क्रियाकलापमा सहभागी हुन पाउँदा बालबालिका पनि दिलोज्यान लगाएको बताए।
सो कार्यक्रमको सहजीकरण विवेक कर्णले गरेका थिए




