नेपाल शिक्षक महासंघ पर्साकाे अध्यक्षमा पुन तिर्थराज यादव चयन

नेपाल शिक्षक महासंघ पर्साकाे अध्यक्षमा पुन तिर्थराज यादव चयन भएका छन् ।

वीरगन्जमा शनिबार सम्पन्न महासंघकाे दाेश्राे अधिवेशनबाट अध्यक्षमा यादव पुन चयन भएका हुन् ।महासंघकाे सहअध्यक्षमा हरेन्द्र प्रसाद कुर्मी, महिला उपाध्यक्षमा मञ्जु मिश्र, उपाध्यक्षमा रमेश प्रसाद चाैधरी चयन भएका छन् ।

यस्तै सचिवमा विनाेद गिरि, सहसचिवमा राकेश मिश्र,रचना सिंह र रामबालक यादव तथा संस्थागत सहसचिवमा अशाेक कुमार केवट,पिताचन्द्र ढुंगेल, रमेश कुशवाहा, रामेश्वर साह, राखी शर्मा, चन्द्रमाेहन चाैरसिया र याेगेश्वर मिश्र चयन भएकाे निर्वाचन समितिका संयाेजक रामकुमार अधिकारीले जानकारी दिए।

महासंघका निर्वतमान अध्यक्ष तिर्थराज यादवकाे अध्यक्षता तथा महासंघका केन्द्रिय सदस्य रामकुमार अधिकारीकाे प्रमुख आतिथ्यतामा भएकाे अधिवेशनमा नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, नेकपा एमाले पर्साका संयाेजक डाक्टर विश्वम्भर शर्मा, जसपाका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव लगायतको पनि उपस्थिति थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close