घुससहित पक्राउ परेका सिडीओ कार्यालय पर्साका कम्प्युटर अपरेटर सञ्जय यादव दोषी ठहर

घुससहित पक्राउ परेका जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर विशेष अदालतबाट दोषी ठहर भएका छन् ।

विशेष अदालतले घुससहित पक्राउ परेका कम्प्युटर अपरेटर सञ्जयकुमार यादवलाई दोषी ठहर गरेको हो ।

शुक्रवार न्यायाधीश यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई २०७९ असोज ३१ गते पाँच हजार घुससहित पक्राउ गरेको थियो ।

आयोगले यादवविरुद्ध अनुसन्धानपछि २०७९ पुस २२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गराएको थियो । yatradaily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close