
बारा , कार्तिक १७ गते बुधबार ।
मिति २०७८/०७/१६ गते राती अं.२०:०० बजे सिमा प्रहरी चौकी छतवा बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा फेटा गाउँपालिका वडा नं.३ स्थित चेकजाँच गर्ने क्रममा भारतबाट शंकास्पद रुपमा नेपालतर्फ आएको ना ३८ प ७९५३ र ना १६ प ६२२९ मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा सोही मोटरसाइकलका चालक तथा पछाडी सवार निम्न स्थान बस्ने निम्न मानिसहरूले कार्टुनमा राखी लुकाइ छिपाई ल्याएको किङ कोबरा-११ बण्डल र Electric Sparklers-५० प्याकेट बिष्फोटक पदार्थ (पटाका) फेला परेको हुँदा निजहरूलाई पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतबाट विष्फोटक पदार्थ अन्तर्गत कसूरमा पहिलो पटक दिन ५ को म्याद अनुमति लिई थप अनुसन्धान भइ रहेको बारा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा:- जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.१५ बस्ने वर्ष ३४ को बुद्ध लोप्चन , सोहि ठाउ बस्ने वर्ष २५ को बुद्ध लोप्चन र सोहि ठाउ बस्ने वर्ष ३२ को राजकुमार लोप्चन रहेका छन ।




