नेपाल रेल्वे मा.वि.मा अभिभावक भेला सम्पन्न तथा विज्ञान प्रयोगशालाको उदघाटन

वीरगंज,पर्सा

नेपाल रेल्वे माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ।विज्ञान प्रयोगशालाको एक कार्यक्रमका बिच वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले उदघाटन गरेका हुन्।

महानगर उप-प्रमुख आलमले अभिभावक भेलामा आफनो मनतव्य राख्दै भने आ-आफ्नै बालबालिका के-कतिको पढाइमा रुची राखेका छन् आफनो घरमा हेर्ने र त्यसपछि विधालयमा पनि आएर स्कुलको पढाईको बारेमा जानकारी लिने गर्नु पर्छ कि मेरो छोरा-छोरी स्कुलमा अनुसासनमा बस्छ कि बस्दैन पढछ कि मात्र गफ गर्छ भनि स्कुलमा सोध्ने बानी बसाल्न अभिभावक लाइ महनगर उप-प्रमुख आलमले आग्रह गरेका थिए।

साथै नेपाल रेल्वे माध्यमिक विद्यालयना विज्ञान प्रयोगशालाको एक कार्यक्रम का बिच उदघाटन गर्दै भने विधालयको प्रगती देखेर आफु खुशी भएको र आउने दिनहरुका यस विधालयलाई आवश्यकता अनुसार सक्दो सहयोग गर्ने महानगर उप-प्रमुख आलमले प्रतिवद्धता जनाएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close