
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघ केन्द्रिय कमिटी द्वारा मधेश प्रदेशका चार जिल्लामा रिक्त रहेका पदहरुमा सभापति मनोनयन गरेपछि त्यसको विरोध गर्दै शेखर कोइराला पक्षले आफ्नो समानान्तर कमिटी गठन गर्न सुरु गरेका छन । रौतहट जिल्लामा महिला संघ नेपालको सभापतिमा केन्द्रिय निर्देशन अनुसार मनोनयन भइ सकेको भएपनी शेखर कोइराला पक्षले समानान्तर कमिटी गठन गरेका छ्न ।नेपाली कांग्रेसका वरिष्ठ नेता रहेका डा शेखर कोइरालाको ठाडो निर्देशनमा विधान विपरित रौतहटमा महिला संघ नेपालको समानान्तर कमिटी गठन गर्दै सभापतिको जिम्मेवारी भिवनी गिरिलाई तोकिएको छ।
नेपाली कांग्रेसको महिला संघ नेपालको बिधानको अधिनमा रहि केन्द्रिय सभापति रहेकी उषा राउत मिश्रले हरेक जिल्लाको अनुगमन मुल्यांकन गरेर संगठन निर्माण गर्नका निम्ति काम गर्दै आएका महिलाहरुको हरेक राजनीति परस्थिति र समस्या संग जुध्न सक्ने सक्षम योग्य नेत्रीहरुको खोजी गरि सभापतिको जिम्मेवारी दिएकोमा त्यस्को बिरोध गर्दै शेखर कोइराला पक्षले आफ्नो मनोमानी ढंगले समानान्तर कमिटी गठन गरेको आरोप लागेको छ ।
अहिले महिला संघ नेपालको केन्द्रिय कार्य समितीको निर्देशन अनुसार सबै महिला संघका सभापतिहरु आ- आफ्नो जिल्लामा संगठन निर्माण मा ब्यस्त भएको बेला अनावश्यक कुरागरी समानान्तर कमिटी गठन गर्नु भनेको नेपाली कांग्रेसलाई कमजोर बनाउनु हो महिला संघ नेपालको रौतहट जिल्लाकि जिल्ला सभापतीले भनिन् ।
महिला संघमा यस्तो नाङ्गो हस्तक्षेप गर्नु पार्टीलाई कमजोर बनाउने देखिएको छ । नेपाली कांग्रेस महिला संघका महिला सभापतिहरुले रौतहट अध्यक्ष अन्जु झाले माग गरेका छन ।




