केहि बिचौलियाले वीरगंज नारायणी यातायात व्यवस्थाका कर्मचारी गुरुङ,निरौलादेखि ट्राफिकका खड्काको नाम बदनाम गर्दै

राहुल गुप्ता
वीरगंज/पर्सा

बिचौलियाहरुले वीरगंज नारायणी यातायातका कर्मचारी तथा ट्राफिक प्रहरीको नाम बदनाम गर्दै आएको नारायणी यातायात व्यवस्था कार्यालयका प्रमुखल कमलराज गौतमले बताएका छन्।

प्रहार डेली डटकम सँग कुरा गर्दै उनले कार्यालयमा नियमपूर्वक कर्मचारीहरुले कार्य गर्दा शम्भु गुरुङ र का.स.बाट बढुवा भई सह–लेखापाल भएका मनोज निरौलालाई केहि बिचौलियाहरुले सामाजिक सञ्जालमा तथा न्युज पोर्टलहरुमा बदनाम गर्न लागेको कार्यालय प्रमुख गौतम बताए। साथै लिखित तथा ट्रायल परीक्षामा फेल भएकाहरूलाई कुनै पनि हालतमा लाइसेन्स नदिएको कार्यालय प्रमुख गौतमले बताए।

कुनै किसिमको आर्थिक सेटिङ्गमा फेल भएकाहरूलाई पास नगराएको प्रमुख कमलराज गौतम‌ले बताए ।त्यस्तै अधिकृत एवं ट्रायल प्रमुख रहेकी बबिता जयसवाल लगायतका कर्मचारीहरु लाई बिचौलियाहरले नाम बदनाम गर्न लागेको प्रमुख गौतम ले बताए। ट्राफिक प्रहरीका असई खड्का इमानदारी पुर्वक काम गरिरहेको प्रमुख गौतमले बताए।

नारायणी यातायात कार्यालय विचौलियाले चलाउने गरेको कुरा अब सपना मात्र रहेको उनले बताए । कर्मचारीले भने,‘कर्मचारीले नै बिचौलिया परिचालन गरेको छ । कर्मचारीले सेवाग्राहीलाई लाइसेन्स दिदैंन । बिचौलिया मार्फत लुकाएर राख्छन् । बाध्य भएर सेवाग्राही दलालको सहारामा पुग्छन् । अनि दलालले सेवाग्रहीसंग रकम लिएर लाइसेन्स जस्ता सेवा दिएर आफ्नै कोठाबाट यातायात कार्यालय संचालन गर्छ । यातायात व्यवस्था कार्यालय पर्साको सेवाहरु अब अनलाइन मार्फत प्रदान गरिने भएको ले कुनै पनि काम बिचौलिया मार्फत नगराउन उनले आग्रह गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close