
राहुल गुप्ता
वीरगंज। पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं १४ स्थित बहुवरीमा रहेको वीरगंज हेल्थ केयर अस्पताल अहिले बिरामीहरु को पहिलो रोजाइमा पर्न थालेको छ।
प्रहार डेलीका पत्रकार राहुल गुप्ता सँग वीरगंज हेल्थ केयर अस्पताल कि प्रशासन प्रमुख भुमिका अधिकारीले कुरा गर्दै भनिन् नेपाल सरकारले तोके अनुसारको शुल्क मै उपचारको लागि भर्पर्दो तथा गुणस्तरीय उपचार गर्दै आएकोले वीरगंज हेल्थ केयर अस्पताललाई बिरामीहरु ले चेकजाँचको लागि पहिलो रोजाइमा राखेकाे बताइन्।
बि.स २०६६/६७ सालमा स्थापना भएको सो अस्पताल ले ५६ बेड बाट सुरुवात गरेको अहिले १०० बेडको भएको छ । सुरुमा जेनेरल सेवा मात्र दिएको यस अस्पतालले अहिले मधेस प्रदेशमा नै सब भन्दा बढि सुबिधा भएको अस्पतालको रुपमा नाम कमाएको छ।
यसका साथै,विपन्न नागरिकको लागी स्थानीय तहबाट सिफारिस भएका मुटु रोग,हेड इन्ज्यूरी र स्पाइनल इन्जूरी भएका बिरामीकाे उपचारमा १ लाख रुपैयाँ छुट दिने नेपाल सरकारकाे कार्यक्रम लगायत वीरगंज हेल्थकेयर अस्पतालमा नेपाल सरकारकाे स्वास्थ्य बीमा र आमा सुरक्षा कार्यक्रम सेवापनि यस अस्पतालमा लागु रहेकाे सो अस्पतालका प्रमुख प्रशासकीय भुमिका अधिकारीले बताइन् ।
कोरोना कालमा पनि वीरगंजमा कोरोना संक्रमितहरु उपचार नपाएर होम आईसोलेशनमा बस्नु पर्ने बाध्यता सृजना भएको बेला स्वास्थ्य मन्त्रालयले निर्णय गरे बमोजिम नारायणी अस्पताल वीरगंजको व्यवस्थापनमा रहने गरी वीरगंज हेल्थ केयर अस्पताल अस्थायी रुपमा कोरोना संक्रमितको उपचार गरी वीरगंज लगायत मधेश भरिका जनताहरु को ज्यान बचाउन महत्वपुर्ण भुमिका खेलेको कारण यस अस्पतालका संचालक डा.अबुल हैस अंसारी सामाजिक सुरक्षा कोष दिवसमा नेपाल सरकारबाट सम्मानित समेत भएका थिए ।
अहिले वीरगन्ज हेल्थकेयर अस्पतालमा मुटु सम्बन्धि रोगको उपचारका लागि अत्याधुकिन क्याथल्याब सेवा सञ्चालनमा आएको छ । काठमाण्डौको शहिद गंगालाल हृदयरोग केन्द्रका वरिष्ठ मुटुरोग सम्बन्धित डाक्टरहरु को नेतृत्वको चिकित्सक टोलीले वीरगंज हेल्थ केयर अस्पतालमा क्याथल्याब सेवा सञ्चालन गरी बिरामीहरु लाई सहुलियत दरमा सेवा दिइरहेको छ।




