
शुक्रबार बिहान निधन भएका नेपालीकांग्रेसका नेता रामराजा प्रसाद कुर्मीको पार्थिव शरीरमा नेपाली कांग्रेस पर्साका सभापति तथा मधेस प्रदेशका सांसद जनार्दन सिंह क्षेत्रीले कांग्रेसको झन्डा ओडाएर श्रद्धान्जली दिएका छन्।
कुर्मी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली कांग्रेसका उपसभापति रामनारायण कुर्मीले पर्सा जिल्लामा नेपाली कांग्रेस को संगठन लाई मजबुत गर्न स्व.रामराजा प्रसाद कुर्मीको योगदान अतुलनीय रहेको बताए। उहाँ नेपाली कांग्रेसको पुरानो नेता रहेको र पार्टीमा उनले गरेको कार्य युवाहरु ले आत्मसात गरेर अगाडि बढ्नु पर्ने बताए ।
कुर्मीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेस पर्साका सचिव तथा बिरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम,नेपाली कांग्रेस बिरगंज महानगरपालिकाका सभापति महेन्द्र लाल नेपाली,क्षेत्र नं २ का सभापति मोहम्मद साबुदिन,क्षेत्र नं १ का अनिल सिहं लगायत नेपाली कांग्रेसका नेता तथा पुर्व सांसदअजय द्विवेदी स्थानीयहरुको उपस्थिति रहेको थियो ।




