
वीरगञ्ज । पर्साका विभिन्न प्रमुख नाकाहरूबाट हुँदै आएको तस्करीमा कमी आए पनि अहिले दुई नाकाबाट जस्तै वीरगन्ज महानगरपालिका वार्ड नं २४ सिर्सिया (ड्राइपोर्ट)र वीरगन्ज महानगरपालीका वार्ड नं १७ अलौं भने पूर्ववत् अवस्थामा नै तस्करी भइरहेको छ । स्थानीय प्रहरी र जिल्ला प्रहरी कार्यालयको क्राइम ब्रान्च टोलीको मिलिभगतमा पर्साको सिर्सिया(ड्राइपोर्ट)अलौंबाट खुल्याम तस्करी चलिरहेको छ । सयौँको संख्यामा साइकल,मोटरसाइकल र तीन पांग्रे ट्याम्पीमार्फत् त्यस्तो तस्करी भइरहेको हो ।
नेपालबाट मरीच, छोहडा र केराउको तस्करी भारततर्फ ठूलो मात्रामा भइरहेको छ । जिल्लादेखि प्रदेशसम्मको घुमुवाटोली तस्करी भएको भन्दै भिस्वा नाकामा पुग्ने तर सिर्सिया (ड्राइपोर्ट)र अलौंबाट सेटिंगमा तस्करी गर्ने काम हुँदै आएको छ । मधेस प्रदेशका डिआइजीले सिभिलमा सई र हवल्दारको कमाण्डमा घुमुवाटोली परिचालन गरेका छन् । कमाण्डर साह स्वयम् बारा र पर्सा नआए पनि उनीमातहतका घुमुवा सिपाहीहरू बारा र पर्सा आएर मासिकरूपमा तस्कर र व्यापारीहरूसँग रकम असुली गरिरहेका हुन्छन् ।
केही दिन अघिमात्रै साहमातहतको घुमुवा टोली बारा र पर्सामा आएर रकम असुली गरी फर्किएको थियो । भिस्वालाई जिल्लादेखि प्रदेशसम्मले प्रमुख तस्करीको नाका भनेर रिपोर्टिङ गर्ने तर सिर्सिया (ड्राइपोर्ट)र अलौंबाट खुलेआम तस्करी गराउने काम अहिले भइरहेको छ । पर्साका विभिन्न नाकाबाट ठूलो मात्रामा तस्करी भइरहेको समाचारहरू बाहिर आएपछि एसपी कुमोद ढुगेल स्वयम्ले तस्करी नियन्त्रणमा चासो दिएपछि अन्य नाकाबाट कमी भएको भए पनि सिर्सिया (ड्राइपोर्ट)र अलौं नाकाबाट भने तस्करी अझै रोकिएको छैन ।
सशस्त्र प्रहरी बल सिर्सिया बिओपी सिर्सिया (ड्राइपोर्ट)का प्रमुख प्रहरी निरीक्षक बिपिन खनाल र सिर्सिया चौकिका सई सुनिल पनेरु ले काजु तस्कर पशुपति यादव तथा कपडा तस्कर रमभु भन्ने लाई मासिक महिनवारी लिई तस्करीको लाईन दिएका छन।
सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म अलौंका प्रहरी नायब उपरीक्षक(DSP) विकास अधिकारी र सिर्सिया प्रहरी चौकीका सई सुनिल पनेरुले संदिप उपाध्याय लाई चिनी ,प्याजको तस्करीको लाईन दिएको छ, नगिना महतो नुनिया ले करिब १० ओटा महिला लाई जयालादारी दिइ कपडाको तसकरी गराउन्छ रक्सौलबाट कपडा ल्याई अलौं चौकमा अटोमा चढी परवानिपुर,जीतपुर सम्म पुर्याउने गर्दछ। नुनिया लाई कपडा तस्करी गराउनको लागी तस्करीको लाईन दिएको छ। त्यसतै कबाडी तस्करी नेपाल बाट भारतको रक्सौल लैजानको लागी रक्सौल निवासि भिखारी लाई तस्करीको लाईन दिएको छ। त्यसतै सानासाना तस्करलाई साइकल र मोटरसाइकलमा किराना समान देखी लिएर हार्डवेयर,कष्टमेटिक इतयादी समानहरुको तसकरीको लाईन दिएको छ।
उता जिप्रका पर्सा मातहतका प्रमुख थाना–चौकीहरूमा गएका सई–असईहरूले आफूहरू रकम बुझाएर आएको भन्दै आफ्नो असुलीधन्दा चलाइरहेका छन् । पोष्टिङ हुनैका लागि रकम बुझाउनुपर्ने चलन यसभन्दा अघि पनि पर्सामा नभएको होइन । थाना–चौकीमा प्रहरी खटाएर रकम खानुपर्ने एसपी कुमोद ढुगेल होइनन् । उनको त्यो चरित्र पनि अहिलेसम्म देखिएको छैन । तर पनि मातहतमा गएकाहरूले आफूहरू रकम बुझाएर आएको भन्दै खुलेआम असुल्दै आइरहेका छन् । इनर्वा र छपकैयाको २५ हजार, अलौ सिर्सियाको २० हजार, जानकीटोलाको १५ हजार, बहुअर्वा भट्टाको १५ हजार, गुडगाई र पिहुकीको १० हजार र भिस्वाले २० हजार मासिकरूपमा बुझाउनुपर्छ भन्दै झोले–पोकेदेखि तस्कर र अन्य व्यापारीसँग रकम असुली गरिरहेका छन् । वीरगन्जमा प्रहरी सेटिंगमा तस्करी भएको समाचारहरू आएपछि मुख्यालयबाट एक जना डिएसपीको कमाण्डमा अनुगमन टोली वीरगन्ज पुगेको समेत थाहा भएको छ। ।




