
राहुल गुप्ता
नेपाल इन्जिनियर एसोसिएसनको लोकतान्त्रिक समुह द्वारा पर्सा जिल्ला बिरगंज महानगरपालिका स्थित होटेल मकालु हिन्दुहरूको महान पर्व शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा पर्सा जिल्ला नेपाली कांग्रेसका सभापति तथा प्रदेश मन्त्री मा.जर्नादन सिंह क्षेत्री रहेका थिए भने विशिष्ट अतिथि नेपाली कांग्रेसका प्रदेश सदस्य श्याम पटेल,उप-सभापति राम नारायण कुर्मी,सिडेन मदेश प्रदेश अध्यक्ष मनोज दास,रहेका थिए।
सो कार्यक्रममा क्षेत्र नं १ का क्षेत्रीय सभापति अनिल सिंह, नेपाली महिला संघ सभापति किरण शर्मा,ने.वि. संघ केन्द्रिय सदस्य सुरेन्द्र लामिछाने उपस्थिति रहेको थियो। त्यस्तै इन्जिनियर सिडेन मधेश उपाध्यक्ष तथा इन्जिनियरिङ परिषद सदस्य ई.श्याम किशोर यादव,NEA बिरगंज चयाप्टर अध्यक्ष ई .उमेश गुप्ता रौनियार, NEA प्रदेश उपाध्यक्ष ई भवेश मिश्रा,सिडेन प्रदेश सचिव ई.राजकिशोर भिन्वार ,सिडेन पर्सा जिल्ला सभापति ई.प्रियान्सु गुप्ता रौनियार,सचिव वेद प्रकाश कुर्मी,बारा जिल्लाका इन्जिनियरहरु को उपस्तिथि मा कार्यक्रम सम्पन भएको थियो।




