अघोशीत बिधुत कटौती विरुद्ध जनता समाजवादी पार्टी नेपाल बिरगंज महानगर कार्यसमितिद्वारा ज्ञापनपत्र ।

अजित भुजेल

बिरगंज , साउन २४ गते आइतबार ।

नेपाल विधुत प्राधिकरण बीरगंज शाखाको अघोषित विधुत कटौतीको विरोधमा जनता समाजवादी पार्टी नेपाल , बीरगंज महानगर कार्यसमिति ले आज ज्ञापनपत्र बुझाएको छ ।
महानगर अध्यक्ष लियाकत अलीको नेतृत्वमा गएको सो टोलीले विद्युत प्राबिधिकरणका प्रमुखलाई उहाको कार्यकक्षमा पुगि ज्ञापनपत्र पढेर बुझाउनु भएको थियो ।

सो कार्यक्रममा पर्सा जिल्ला सचिव उमेशलाल सहनी , युवा नेता मुकेश दुवेद्धी , जिल्ला दस्ता अध्यक्ष बिष्णु पटेल , महानगर कोषाध्यक्ष अफरोज आलम , युवा महानगर अध्यक्ष राजु गुप्ता , युवा महानगर उपाध्यक्ष भुषाल चौरसिया , युवा नेताहरू अवधेष यादव , शशी पाण्डे लगायतको उपस्थिति रहेको थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close