
अभिलाष गुप्ता। बिरगंजमा जनता समाजवादी पार्टी वडा नम्बर १९ एकाइ कमिटी द्वारा महानपर्व छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। बिरगंज वडा नम्बर १९ स्थित बिनदवासिनी मन्दिरमा सो कार्यक्रम सम्पन्न भएको थियो। सो कार्यक्रममा जनता समाजवादी पार्टीका उपमहासचिव तथा नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदिप यादवले महान चाडपर्वहरूको यस शुभ अवसरमा सम्पूर्ण देशवासीलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका थिए भने चाडहरूले हाम्रा समाजमा भाइचारा, एकता र सहिष्णुताको भावना थप सुदृढ गर्दै समृद्धिको बाटोमा अघि बढ्ने प्रेरणा प्रदान गरून् भन्ने कामना समेत गरेका थिए।
सो कार्यक्रम सल्लाहकार समितिका अध्यक्ष महेन्द्र प्रसाद यादवजको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिरगंज महानगरपालिका का प्रमुख राजेशमान सिंह तथा जिल्ला सदस्यहरू हिरालाल यादव , उपेन्द्र राय , सुरेन्द्र लाल साह एवम् क्षेत्र नम्बर २ का सचिव अमित यादव एकाइ उपाध्यक्ष असर्फी महतो , सचिव रामअसिस यादव लगायतको उपस्थिति रहेको थियो भने वडा सदस्यहरू उपेन्द्र यादव, बिनोद चौरसिया , माया कोईरी , पूर्व वडा सदस्य लोटन महतो कोईरी , मोहम्मद मुस्तुफा , रामप्रवेस चौरसिया ,नरेश यादव, जितेन्द्र यादव , दिनेश साह कलवार लगायतकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे।




