
आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको पोखरीया नगरपालिकामा रहेको पोखरीया अस्पताल केही दिन मै प्रादेशिक अस्पताल हुने बताउनु भएको छ ।
सडक शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले आउँदो मन्त्रीपरिषदको बैठकबाट पोखरीया अस्पतालको स्तरउन्नती गरी प्रादेशिक अस्पतालमा परिणत गरिने बताउनु भएको हो।
पर्साको दोश्रो सदरमुकामको रूपमा रहेको पोखरीया नगरपालिकाको विकासको लागि आफू हरपल तयार रहेको बताउँदै , पोखरीया विभिन्न सरकारी निकायको शाखा कार्यालय सुचारु गराउन आफू लागेको उनले बताए ।
पोखरीया नगरपालिकामा आएको विकासे बजेटमा सम्पूर्ण जनप्रतिनिधि लगायत विभन्न दलका नेताहरुलाई एकजुट भई विकासको काम तिब्र रुपमा अगाडि बढाउन मन्त्री गुप्ताले आग्रह गर्नुभयो । कार्यक्रममा पोखरीया नगरपालिकाका नगर प्रमुख प्रधुमन् चौहान,उपप्रमुख रुवी ठाकुर,प्रशाासकिय अधिकृत अजय कुमार श्रीवास्तव,नेता नेजामुदिन समानी लगायत एवम् वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।




